• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

किन टिकेन ओली–प्रचण्ड गठबन्धन ?



file

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध यसपटक दुई महिनामै टुटेको छ।

बालकोटको बार्दलीमा गत पुस १० गते ‘पुनर्मिलन’ भएका शीर्ष दुई नेता राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्तासम्म आइपुग्दा ‘बिछोडिएका’ हुन्। एमालेले सोमबार समर्थन फिर्ता लिँदै सरकार छाडेको छ। यससँगै उक्त पार्टी प्रमुख प्रतिपक्षीको कित्तामा पुगेको छ।

दाहाल एमालेसहित १ सय ६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए। त्यस बेला कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद दिन अस्वीकार गरेपछि दाहाल ओलीसँग पुनः सम्बन्ध गाँस्न पुगेका थिए।

तब एमालेसहित सात दलको नयाँ गठबन्धन बनेको थियो। त्यस क्रममा माओवादीबाट दाहाल प्रधानमन्त्री र राष्ट्रपति एमालेलाई दिने ‘सहमति’भएको थियो। तर, उक्त सहमतिविपरीत दाहालले राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेललाई साथ दिएका छन्।

बालकोटमा बनेको गठबन्धन तोडेर दाहालले यही फागुन १२ गते कांग्रेससहितको आठ दलको नयाँ समीकरण बनाएका हुन्। त्यस क्रममा दाहाल साढे २ वर्ष, त्यसपछि माधवकुमार नेपाल एक वर्ष र चुनाव गराउने गरी अन्तिममा डेढ वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति बनेको चर्चा छ।

यही गठबन्धनबाट पौडेल राष्ट्रपति उम्मेदवार बनेका हुन्। एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङलाई राष्ट्रपति उम्मेदवार बनाएको छ। अन्नपूर्ण पोस्ट