२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

बाढी तथा पहिरोमा परेर ३८ जनाको मृत्यु, ३१ बेपत्ता, ४७ घाइते

बाढी तथा पहिरोमा परेर ३८ जनाको मृत्यु, ३१ बेपत्ता, ४७ घाइते
अ अ+ अ-

काठमाडौं । गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले यसबर्षको बाढी तथा पहिरोमा परेर ३८ जनाको ज्यान गएको जनाएको छ । 

गृहमन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिल तामाङ्गले यस बर्ष बाढी तथा पहिरोका कारण ३८ जनाले ज्यान गुमाएको र ३१ जना अझै हराईरहेको जानकारी दिनुभएको हो । 

उहाँका अनुसार बाढी पहिरोमा परि ४७ जना घाईते भएका छन् । शनिबार मात्रै  गोर्खा २ र धादिङ्गमा २ गरेर ४ जना पहिरोका कारणले मृत्यु भएको छ । अहिलेसम्म २ सय २ वटा विपदको घटनाहरु रिपोर्टिङ्ग भएको उहाँले जानकारी दिनुभयो । ४ सय ९५ घरहरु पुर्ण क्षति भएका छन् । १ सय १२ घरहरु आंशिक क्षति भएका छन् । 

सामुदायिक भवन, विद्यालयहरुमा पनि क्षति पुगेको छ । ३ दर्जन सरकारी कार्यालयमा क्षति भएको छ । त्यसैगरी २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्कि पुल,निर्माणाधिन र सञ्चालनमा रहेका साना ठुला गरी २५ वटा हाईड्रोमा पनि बाढीले क्षति पुराएको छ । उहाँले यो बर्षको मनसुनजन्य क्षति सुरुवातमा नै निकै भयावह बनेर आएको र आफुहरु त्यसको प्रतिकार्यमा लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो “जेठ ३१ गते देखि सनिबार सम्म ३८ जनाको मृत्यु भएको छ । ३१ जना वेपत्ता हुनुहुन्छ । ४७ जना घाईते भएका छन् । आज मात्रै गोर्खा २ र धादिङ्गमा २ गरेर ४ जना पहिरोका कारणले मृत्यु भएको छ । अहिलेसम्म २ सय २ वटा विपदको घटनाहरु अहिलेसम्म हामीलाई रिपोर्टिङ्ग भएको छ । ४ सय ९५ घरहरु पुर्ण क्षति भएका छन् । १ सय १२ घरहरु आंशिक क्षति भएको छ । ३ दर्जन सरकारी कार्यालयमा क्षति भएको छ । सामुदायिक भवन विद्यालयहरुमा पनि क्षति भएको छ । २३ वटा झोलुङ्गे पुल, पक्कि पुल १४ वटा ,निर्माणाधिन र सञ्चालनमा रहेका साना ठुला गरी २५ वटा हाईड्रोमा क्षति पुगेको छ । विभिन्न सडक खण्डमा पहिरो गईरहेको छ । आज पनि धेरै स्थानमा सडक अवरुद्ध रहेका छन् । यो बर्षको मनसुनजन्य क्षति सुरुवातमा नै निकै भयावह बनेर आएको छ । यसको प्रतिकार्यमा हामी जुटिरहेका छौ । ”

मनसुन सुरु भए लगत्तै अवरुद्ध बनेका मनाङ्ग जाने बाटो , बाजुरा जाने बाटो र सिन्धुपाल्चोकको तातोपानी नाका जाने बाटो लामो समय देखि अवरुद्ध छ । साना साना पहिरो र बाढीका कारण अवरुद्ध भएका सडक तत्काल सञ्चालनका लागि पहल गरिएको र सञ्चालन भएको भए पनि केही स्थानको बाटोहरु लामो समय देखि अवरुद्ध रहेको प्रमुख तामाङ्गले बताउनुभयो ।

उहाँले भन्नुभयो “पहिरोका कारण दर्जनौ स्थानमा सडकहरु अवरुद्ध भएका छन् । विगत लामो समयदेखि मनाङ्ग जाने बाटो , बाजुरा जाने बाटो, सिन्धुपाल्चोकको तातोपानी नाका जाने बाटो अवरुद्ध छ ।  हिजो (शुक्रबार)को अबिरल बर्षाका कारण नारायणगढ मुग्लिन खण्डमा अवरुद्ध भएको बाटो अहिले एकातर्फी सुचारु भएको छ । विपि राजमार्ग अन्र्तगत काभ्रे सडकखण्ड पनि एकातर्फी बाटो सुरु भएको छ । 

आज(शनिबार) मध्यपहाडी लोकमार्गको खोटाङ्गको हलेसी खण्डमा पहिरो गएर बाटो अवरुद्ध भएको छ । त्रिभुवन राजपथको मकवानपुर खण्डमा पहिरो गएर बाटो अवरुद्ध भएको छ । अवरुद्ध भएका धेरै बाटोहरु सुचारु गर्नका लागि तत्काल प्रयास जारी छ । सिन्धुपाल्चोक, मनाङ्ग र बाजुरा जाने बाटो धेरै समय देखि अवरुद्ध भएको छ । ती सडक खुलाउने प्रयास जारी छ ।  ”

उल्लेखित मनसुनजन्य क्षति गत जेष्ठ ३१ गते देखि असार १९ गते सम्मको विवरण हो ।