२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढी तथा पहिरोमा परेर ३८ जनाको मृत्यु, ३१ बेपत्ता, ४७ घाइते



अ+ अ-

काठमाडौं । गृहमन्त्रालय अन्तरगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले यसबर्षको बाढी तथा पहिरोमा परेर ३८ जनाको ज्यान गएको जनाएको छ । 

गृहमन्त्रालय अन्र्तगतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिल तामाङ्गले यस बर्ष बाढी तथा पहिरोका कारण ३८ जनाले ज्यान गुमाएको र ३१ जना अझै हराईरहेको जानकारी दिनुभएको हो । 

उहाँका अनुसार बाढी पहिरोमा परि ४७ जना घाईते भएका छन् । शनिबार मात्रै  गोर्खा २ र धादिङ्गमा २ गरेर ४ जना पहिरोका कारणले मृत्यु भएको छ । अहिलेसम्म २ सय २ वटा विपदको घटनाहरु रिपोर्टिङ्ग भएको उहाँले जानकारी दिनुभयो । ४ सय ९५ घरहरु पुर्ण क्षति भएका छन् । १ सय १२ घरहरु आंशिक क्षति भएका छन् । 

सामुदायिक भवन, विद्यालयहरुमा पनि क्षति पुगेको छ । ३ दर्जन सरकारी कार्यालयमा क्षति भएको छ । त्यसैगरी २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्कि पुल,निर्माणाधिन र सञ्चालनमा रहेका साना ठुला गरी २५ वटा हाईड्रोमा पनि बाढीले क्षति पुराएको छ । उहाँले यो बर्षको मनसुनजन्य क्षति सुरुवातमा नै निकै भयावह बनेर आएको र आफुहरु त्यसको प्रतिकार्यमा लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो “जेठ ३१ गते देखि सनिबार सम्म ३८ जनाको मृत्यु भएको छ । ३१ जना वेपत्ता हुनुहुन्छ । ४७ जना घाईते भएका छन् । आज मात्रै गोर्खा २ र धादिङ्गमा २ गरेर ४ जना पहिरोका कारणले मृत्यु भएको छ । अहिलेसम्म २ सय २ वटा विपदको घटनाहरु अहिलेसम्म हामीलाई रिपोर्टिङ्ग भएको छ । ४ सय ९५ घरहरु पुर्ण क्षति भएका छन् । १ सय १२ घरहरु आंशिक क्षति भएको छ । ३ दर्जन सरकारी कार्यालयमा क्षति भएको छ । सामुदायिक भवन विद्यालयहरुमा पनि क्षति भएको छ । २३ वटा झोलुङ्गे पुल, पक्कि पुल १४ वटा ,निर्माणाधिन र सञ्चालनमा रहेका साना ठुला गरी २५ वटा हाईड्रोमा क्षति पुगेको छ । विभिन्न सडक खण्डमा पहिरो गईरहेको छ । आज पनि धेरै स्थानमा सडक अवरुद्ध रहेका छन् । यो बर्षको मनसुनजन्य क्षति सुरुवातमा नै निकै भयावह बनेर आएको छ । यसको प्रतिकार्यमा हामी जुटिरहेका छौ । ”

मनसुन सुरु भए लगत्तै अवरुद्ध बनेका मनाङ्ग जाने बाटो , बाजुरा जाने बाटो र सिन्धुपाल्चोकको तातोपानी नाका जाने बाटो लामो समय देखि अवरुद्ध छ । साना साना पहिरो र बाढीका कारण अवरुद्ध भएका सडक तत्काल सञ्चालनका लागि पहल गरिएको र सञ्चालन भएको भए पनि केही स्थानको बाटोहरु लामो समय देखि अवरुद्ध रहेको प्रमुख तामाङ्गले बताउनुभयो ।

उहाँले भन्नुभयो “पहिरोका कारण दर्जनौ स्थानमा सडकहरु अवरुद्ध भएका छन् । विगत लामो समयदेखि मनाङ्ग जाने बाटो , बाजुरा जाने बाटो, सिन्धुपाल्चोकको तातोपानी नाका जाने बाटो अवरुद्ध छ ।  हिजो (शुक्रबार)को अबिरल बर्षाका कारण नारायणगढ मुग्लिन खण्डमा अवरुद्ध भएको बाटो अहिले एकातर्फी सुचारु भएको छ । विपि राजमार्ग अन्र्तगत काभ्रे सडकखण्ड पनि एकातर्फी बाटो सुरु भएको छ । 

आज(शनिबार) मध्यपहाडी लोकमार्गको खोटाङ्गको हलेसी खण्डमा पहिरो गएर बाटो अवरुद्ध भएको छ । त्रिभुवन राजपथको मकवानपुर खण्डमा पहिरो गएर बाटो अवरुद्ध भएको छ । अवरुद्ध भएका धेरै बाटोहरु सुचारु गर्नका लागि तत्काल प्रयास जारी छ । सिन्धुपाल्चोक, मनाङ्ग र बाजुरा जाने बाटो धेरै समय देखि अवरुद्ध भएको छ । ती सडक खुलाउने प्रयास जारी छ ।  ”

उल्लेखित मनसुनजन्य क्षति गत जेष्ठ ३१ गते देखि असार १९ गते सम्मको विवरण हो ।