२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति

एमाले १३ औ केन्द्रीय समिति बैठक सम्पन्न, के के भयो निर्णय ?

एमाले १३ औ केन्द्रीय समिति बैठक सम्पन्न, के के भयो निर्णय ?
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेले आगामी साउन २५ गते विधान अधिवेशन गर्ने भएको छ । 

पार्टी अध्यक्ष एंवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास वालुवाटारमा शुक्रबार र सनिबार बसेको १३ औ केन्द्रीय समिति बैठकले अगामी साउन २५, २६ र २७ गते काठमाण्डौमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो । विधान अधिवेशनमा पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संसोधन प्रस्ताव र नेता रामबहादुर थापाको संयोजत्वमा व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि भएको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । असार ५ गते भित्र पार्टीको सदस्यता नविकरण गरि साउन ५ गते त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाईसक्न पनि बैठकले निर्देशन दिएको छ । त्यसैगरी पार्टीका तल्लो तहका कमिटीहरुको अधिवेशन अन्र्तगत आगामी भदौ ५ गते वडास्तरका र १५ गते पालिकास्तरका अधिवेशनहरु गर्ने निर्णय बैठकले गरेको छ । त्यसैगरी पार्टीका केन्द्रीय तहका ३२ वटा विभागमा रहने सदस्यहरुको प्रस्ताव र सिफारिस अबिलम्ब पठाउन बैठकले निर्देश गरेको प्रचार विभाग उपप्रमुख थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो “ बैठकले संगठनको काममा केन्द्रीत हुन सबै कार्यकर्तालाई निर्देशन दिएको छ । बैठकमा महासचिवले ५ बुँदे संगठनात्मक योजना प्रस्तुत गर्नुभएको थियो ।  जसमा असार ५ गते भित्र पार्टीको सदस्यता नविकरण गरिसक्नुपर्ने र साउन ५ गते त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाईसक्नुपर्ने छ । केन्द्रीय कमिटीको आगामी साउन २५ र २७ गते सम्म पार्टीको विधान अधिवशन काठमाण्डौमा गर्ने , पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन,महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संसोधन प्रस्ताव र रामबहादुर थापाको संयोजत्वमा व्यवस्थापन समिति गठन गर्ने , पार्टीका तल्लो तहका कमिटीहरुको अधिवेशन अन्र्तगत आगामी भदौ ५ गते वडास्तरका र १५ गते पालिकास्तरका अधिवेशनहरु गर्ने प्रस्ताव गर्नुभएको छ । पार्टीका केन्द्रीय तहका ३२ वटा विभागमा रहने सदस्यहरुको नाम प्रस्तावित गर्न यसअघि नै पार्टीले जारी गरेको अपानी अनुरुप पार्टी महासचिवले पत्राचार समेत गर्नुभएको थियो । त्यसमा मागिएको सबै प्रस्ताव र सिफारिस आईसकेको छैन अबिलम्ब पठाउन भनिएको छ । स्थायी समितिको आगामी बैठकले विभागमा रहने सदस्यहरुको नामावलीलाई अन्तिम रुपमा निर्णय गर्ने गरि प्रस्ताव गरिएको छ । अर्को सिंगो मुलुक निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ । यी ५ वटै बुँदालाई केन्द्रीय कमिटीमा घनीभूत छलफल भएर सुझाव सर्वसम्मतिले पारित गरेको छ । संगठनात्मक कामको योजनालाई पारित गरेको छ । ”

बैठकले संगठनको काममा केन्द्रीत हुन सबै कार्यकर्तालाई निर्देशन दिएको छ । बैठकमा अध्यक्ष एवंम् प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको भ्रम बारेमा स्पष्ट पार्नुभएको थियो । नेकपा एमाले विरुद्ध मोर्चाबन्दी गरिएको भन्दै उहाँले पार्टीका नेता कार्यकर्तालाई सच्चिएर फर्किन आव्हान गर्नुभएको छ । अध्यक्ष ओलीले अर्को बैठक सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेको भोलीपल्ट काठमाण्डौमा बस्ने गरि सुचना आउने जानकारी पनि बैठकलाई गराएको थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो “बैठकमा पार्टी अध्यक्षले स्पष्ट रुपमा के भन्नुभएको छ भने, पार्टीको १४ औ बैठक अर्थात् आगामी बैठक सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेको भोलीपल्ट काठमाण्डौमा बस्ने गरि सुचना आउने छ । ” प्रधानमन्त्री ओलीले अहिले विपक्षी मोर्चामा सामेल भएकालाई सर्वोच्च अदालतको फैसला आउनु अघि नै सच्चिएर आउन आग्रह पनि गर्नुभएको प्रचार विभाग उपप्रमुख थापाले जानकारी दिनुभयो ।