२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले १३ औ केन्द्रीय समिति बैठक सम्पन्न, के के भयो निर्णय ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेले आगामी साउन २५ गते विधान अधिवेशन गर्ने भएको छ । 

पार्टी अध्यक्ष एंवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास वालुवाटारमा शुक्रबार र सनिबार बसेको १३ औ केन्द्रीय समिति बैठकले अगामी साउन २५, २६ र २७ गते काठमाण्डौमा विधान अधिवेशन गर्ने निर्णय गरेको हो । विधान अधिवेशनमा पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संसोधन प्रस्ताव र नेता रामबहादुर थापाको संयोजत्वमा व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि भएको प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । असार ५ गते भित्र पार्टीको सदस्यता नविकरण गरि साउन ५ गते त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाईसक्न पनि बैठकले निर्देशन दिएको छ । त्यसैगरी पार्टीका तल्लो तहका कमिटीहरुको अधिवेशन अन्र्तगत आगामी भदौ ५ गते वडास्तरका र १५ गते पालिकास्तरका अधिवेशनहरु गर्ने निर्णय बैठकले गरेको छ । त्यसैगरी पार्टीका केन्द्रीय तहका ३२ वटा विभागमा रहने सदस्यहरुको प्रस्ताव र सिफारिस अबिलम्ब पठाउन बैठकले निर्देश गरेको प्रचार विभाग उपप्रमुख थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो “ बैठकले संगठनको काममा केन्द्रीत हुन सबै कार्यकर्तालाई निर्देशन दिएको छ । बैठकमा महासचिवले ५ बुँदे संगठनात्मक योजना प्रस्तुत गर्नुभएको थियो ।  जसमा असार ५ गते भित्र पार्टीको सदस्यता नविकरण गरिसक्नुपर्ने र साउन ५ गते त्यसको अभिलेख पार्टी केन्द्रीय कार्यालयमा पठाईसक्नुपर्ने छ । केन्द्रीय कमिटीको आगामी साउन २५ र २७ गते सम्म पार्टीको विधान अधिवशन काठमाण्डौमा गर्ने , पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन,महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संसोधन प्रस्ताव र रामबहादुर थापाको संयोजत्वमा व्यवस्थापन समिति गठन गर्ने , पार्टीका तल्लो तहका कमिटीहरुको अधिवेशन अन्र्तगत आगामी भदौ ५ गते वडास्तरका र १५ गते पालिकास्तरका अधिवेशनहरु गर्ने प्रस्ताव गर्नुभएको छ । पार्टीका केन्द्रीय तहका ३२ वटा विभागमा रहने सदस्यहरुको नाम प्रस्तावित गर्न यसअघि नै पार्टीले जारी गरेको अपानी अनुरुप पार्टी महासचिवले पत्राचार समेत गर्नुभएको थियो । त्यसमा मागिएको सबै प्रस्ताव र सिफारिस आईसकेको छैन अबिलम्ब पठाउन भनिएको छ । स्थायी समितिको आगामी बैठकले विभागमा रहने सदस्यहरुको नामावलीलाई अन्तिम रुपमा निर्णय गर्ने गरि प्रस्ताव गरिएको छ । अर्को सिंगो मुलुक निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ । यी ५ वटै बुँदालाई केन्द्रीय कमिटीमा घनीभूत छलफल भएर सुझाव सर्वसम्मतिले पारित गरेको छ । संगठनात्मक कामको योजनालाई पारित गरेको छ । ”

बैठकले संगठनको काममा केन्द्रीत हुन सबै कार्यकर्तालाई निर्देशन दिएको छ । बैठकमा अध्यक्ष एवंम् प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनको भ्रम बारेमा स्पष्ट पार्नुभएको थियो । नेकपा एमाले विरुद्ध मोर्चाबन्दी गरिएको भन्दै उहाँले पार्टीका नेता कार्यकर्तालाई सच्चिएर फर्किन आव्हान गर्नुभएको छ । अध्यक्ष ओलीले अर्को बैठक सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेको भोलीपल्ट काठमाण्डौमा बस्ने गरि सुचना आउने जानकारी पनि बैठकलाई गराएको थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो “बैठकमा पार्टी अध्यक्षले स्पष्ट रुपमा के भन्नुभएको छ भने, पार्टीको १४ औ बैठक अर्थात् आगामी बैठक सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गरेको भोलीपल्ट काठमाण्डौमा बस्ने गरि सुचना आउने छ । ” प्रधानमन्त्री ओलीले अहिले विपक्षी मोर्चामा सामेल भएकालाई सर्वोच्च अदालतको फैसला आउनु अघि नै सच्चिएर आउन आग्रह पनि गर्नुभएको प्रचार विभाग उपप्रमुख थापाले जानकारी दिनुभयो ।