२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिनु मृत्युपत्रमा हस्ताक्षर गरेसरह नै हो: माधब नेपाल



अ+ अ-

काठमाडौ  । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नहुने अडान यथावत राख्नु भएको छ ।

नेकपा एमाले केन्द्रीय समितिको बैठकले  पुन  देउवाको पक्षमा हस्ताक्षर फिर्ता लिन दिएको निर्देशन पछि हस्ताक्षर गरेका सांसदहरु संग छलफल गर्दे नेता नेपालले  कुनै पनि हालतमा हस्ताक्षर फिर्ता लिन नहुने बताउनु भएको हो ।

छलफलमा सहभागी एक सांसदका अनुसार  ‘एउटा प्रयोजनमा लिएको हस्ताक्षर बीच बाटोमै फिर्ता लिनु हुँदैन’, त्यो फिर्ता लिनु भनेको मृत्युपत्रमा हस्ताक्षर गरेसरह नै हो।पूर्बवत अडानमा कुनै परिबर्तन हुदैन ।  नेपाल पक्षका सांसदहरुको छलफलमा नयाँ पार्टी निर्माणको बाटोमा समेत अघि बढ्ने तयारी गरेके छ ।