७ श्रावण २०८३, बिहीबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुकुलो निषेधाज्ञा: संक्रमण दर अझै २०–२२ प्रतिशत



अ+ अ-

काठमाडौँ । निषेधाज्ञा खुकुलो भएपछि कोभिड–१९ संक्रमण दर स्थिर छ भने मृत्युको संख्यामा केही कमी देखिएको छ । पछिल्लो साता दैनिक ३० देखि ४० जनासम्मको मृत्यु हुने गरेको छ । 

असार दोस्रो सातादेखि निषेधाज्ञा खुकुलो भएपछि करिब ४ जनाको पीसीआर परीक्षणमा एक जनामा पोजिटिभ दर देखिएको छ । एन्टिजेन परीक्षणमा कहिले ५ जनामा त कहिले ४ जनाको परीक्षणमा एक जनामा संक्रमण देखिएको छ । निषेधाज्ञा खुकुलो हुनुभन्दा अगाडि पनि ४ जनाको पीसीआर परीक्षण गर्दा १ जना पोजिटिभ र ५ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा पोजिटिभ देखिएको थियो ।

‘निषेधाज्ञा खुकुलो भएपछि पनि पोजिटिभ देखिने प्रतिशत खासै फरक छैन,’ वरिष्ठ जनस्वास्थ्यविद् डा।राजेन्द्र बीसीले भने, ‘तर नेपाल जस्तो सानो मुलुकमा दिनहुँ कुल परीक्षण गराउनेमध्ये २०–२२ प्रतिशत पोजिटिभ देखिनु अत्यन्त बढी हो ।’ निषेधाज्ञा खुकुलो

भएपछि दैनिक कोभिड पोजिटिभ प्रतिशत २१ देखि २६ सम्म देखिएको छ । यसअघि यो प्रतिशत न्यूनतम १८.६ देखि अधिकतम २४.९५ सम्म देखिएको थियो । यस्तै, निषेधाज्ञा खोल्नुभन्दा केही दिनअघिसम्म एन्टिजेन परीक्षणबाट दिनहुँ १४.८ देखि १८.७ प्रतिशतसम्म पोजिटिभ देखिएको थियो । हाल एन्टिजेन परीक्षणबाट २०.२ देखि २३.४ प्रतिशतसम्म पोजिटिभ देखिएको छ ।

परीक्षणको संख्या नबढाएसम्म कोभिडको वास्तविकता थाहा पाउन नसकिने विज्ञहरू बताउँछन् । दिनहुँ ६–७ हजारको संख्यामा पीसीआर परीक्षण र ४ हजारदेखि साढे ४ हजारको संख्यामा एन्टिजेन परीक्षण भइरहेको छ । हवाई उडान सुरु हुनासाथ यथास्थितिमा कोभिड परीक्षण जारी रहँदा हालको परीक्षणको संख्यामा दोब्बर वृद्घि भएर संक्रमण प्रतिशतमा भने कमी देखिने उनीहरू बताउँछन् ।

‘अहिले अत्यावश्यक भएकाहरूले मात्र दिनहुँ ६–७ हजार जनाले परीक्षण गराइरहेका छन्,’ डा।बीसी भन्छन्, ‘हवाई उडान सुरु हुनासाथ दिनहुँ १४–१५ हजारसम्म परीक्षण हुन सक्छ, त्यसमा आधाजति बाहिर जान खोज्ने स्वस्थ व्यक्ति हुने भएकाले दिनहुँ देखिने संक्रमणको प्रतिशतमा कमी आउन सक्छ ।’ स्वस्थ व्यक्तिले बाध्यतावश परीक्षण गराउनुपर्दा यसले दैनिक देखिने संक्रमण दरमा कमी देखिने जनाउँदै डा। बीसीले भने, ‘यसरी संक्रमणमा देखिएको कमीलाई सरकारले ‘हामीले संक्रमण घटायौं’ भनेर उपलब्धिका रूपमा देखाउन बेर छैन ।’

अहिले पनि समाजमा कोभिडको संक्रमण नराम्ररी फैलिसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले बताए । ‘दिनहुँ ६–७ हजार परीक्षण गरेर वास्तविकता थाहा पाउन सकिन्न । निषेधाज्ञा खुकुलो भएपछि अहिले त सामान्य जनसंख्यामा व्यापक रूपमा परीक्षण हुनुपर्थ्यो,’ उनले भने । मुलुक तेस्रो लहरको उच्च जोखिममा रहेकाले तुरुन्त खोपको उपलब्धता हुनुपर्नेमा डा. बीसीले जोड दिए । कान्तिपुर दैनिक