२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति

छैटौँ दिन एकाबिहानै झलमल्ल घाम

छैटौँ दिन एकाबिहानै झलमल्ल घाम
अ अ+ अ-

महोत्तरी । लगातारको झरीले वाक्कदिक्क भएका महोत्तरीवासीलाई आज आइतबार एकाबिहानैको झलमल्ल घामले राहत दिएको छ । पाँच दिनको लगातारको झरीपछि आज आकाश उघ्रेर एकाबिहानै रापिलो घाम लागेपछि यहाँ राहत महसुस भएको हो । लामो झरीले कामकाज गर्न नपाएर जकडिएका यहाँका बासिन्दामा आज एकाबिहानै झलमल्ल घाम देखिएपछि अब मौसम सफा भएको विश्वासमा सर्वसाधारण काममा निस्कन थालेका छन् ।

गत मङ्गलबारदेखिको लगातारको वर्षाले कतै निस्कन नपाएर जनजीवन अस्तव्यस्त बनेको थियो । छैटौँ दिन आज एकाबिहानै चर्को घाम लागेसँगै यहाँबाट हिमाल झलमल्ल देखिएपछि अबचाहिँ पानी थामिएर मौसम उघ्रिएको आम महोत्तरीवासीको भनाइ छ । अब आ–आफ्ना काममा लाग्न सहज बनेको सर्वसाधारणले बताएका छन् ।

एकाबिहानै घाम लागेसँगै महोत्तरीका सबैतिरजसो बजारु चहलपहल ह्वात्तै बढेको छ । यसपालि असार लागेसँगै छिनछिनमा परेको पानी र पछिल्ला पाँच दिन घाम नै नदेखिएर लगातार परेको चोटिलो पानीले जनजीवन वाक्कदिक्क नै बनेको थियो । मौसम सफा भएपछि आम किसानले राहत महसुस गरेका छन् । अब दुई÷चार दिन लगातार घाम लागे तरकारी खेती गोडमेल, खेतबारी खनजोत गर्न र रोपाइँका काममा लाग्न पाइने किसानले आश सँगालेका छन् ।

“हेर्नोस् न, झरीले केही गर्न दिएको थिएन, सबै काम असरल्ल थियो”, जिल्लाको बर्दिवास नगरपालिका–७ मनहरिपुरका किसान विन्देश्वर यादवले भन्नुभयो, “बल्ल कति दिनपछि राम्ररी घाम देख्न पाइयो, अब भने तरकारी गोडमेल, वस्तुभाउको चरण र बाँकी रोपाइँ गर्न पाइने आश जाग्यो ।”  

मौसममा सुधार देखिएसँगै अब तरकारी गोडमेल र नयाँ खेतीका लागि खेतबारी खनजोत र रोपाइँमा लाग्न अनुकूल हुने यहाँका किसान बताउँछन् । मौसममा आएको सुधारले तरकारी बारी केही रुखिएपछि गोडमेल गर्न सकिने भङ्गाहा–४ रामनगरका किसान चन्देश्वर राय दनुवारको भनाइ छ । यसअघि लगातारको वर्षाले तरकारी बारीमा गोडमेल गर्न नसकिँदा झारले छोपेर तरकारीका बेर्ना र लहरा पहेँलिदै गएका थिए ।

अहिले मौसममा सुधार देखिएसँगै पशुपालक किसानले गोठमै बाँधिएर रहेका घरपालुवा पशुवस्तु (गाई, भैँसी, बाख्रापाठा) फुकाउन, डुलाउन पाएका छन् । चरन क्षेत्र पानीले डुबाएको भए पनि पशुवस्तुलाई आङ तन्काउन भने ९डुलाउन० पाइएको पशुपालक किसानको भनाइ छ । धेरै दिनपछि पारिलो घाम लागेपछि लुगा धुने व्यवसायका धोबीलाई पनि राहत भएको छ । “धेरै दिनदेखि ग्राहकले धुन दिएका लुगा पानी परिरहेर घरमै थुप्रिएको थियो”, जिल्लाको बलवा नगरपालिकाको बन्चौरीका मुस्लिम बैठा धोबीले भन्नुभयो, “अब भने काम गर्न पाइने भइयो ।”

रापिलो घाम लागेर आकाश सफा भएपछि अब केही दिनमै हिलाम्य बाटाघाटा सुकेर हिँडडुल सहज हुने आम सर्वसाधारणको विश्वास छ । पछिल्लो पाँच दिनको लगातारको वर्षा र त्यससँगै आएको बाढीले जिल्लाका सयौँ घर डुबानमा परेका छन् । अब मौसम उघ्रेसँगै तिनको उद्धार कार्य पनि सहज हुने देखिएको छ ।