२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्योति बैंकको ९ प्रतिशत ब्याजदरको ऋणपत्र आजबाट विक्रीमा



अ+ अ-

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले असार २० गते आइतबारदेखि ऋणपत्र विक्री खुला हुने भएको छ। बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्षे अवधिको ‘ज्योति विकास बैंक बण्ड २०८७’ नामको १५ लाख कित्ता ऋणपत्र कार्यालय समय सुरुभएसँगै विक्री खुला गर्न लागेको हो । 

यो ऋणपत्र विक्रीका लागि कम्पनीले जेठ २७ गते स्वीकृति पाएको थियो । उक्त ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । 

बैंकको ऋणपत्र छिटोमा असार २३ गते र ढिलोमा साउन ३ गतेसम्म विक्रीमा रहने खुलाएको छ । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । 

बैंकको प्रतिऋणपत्र रू. १ हजार अंकित दरको कुल कित्ता ऋणपत्रमध्य ९ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्ने भएको छ । त्यस्तैबाँकी ६ लाख कित्तामा ५ प्रतिशत सामुहिक लगानीकोषको लागि सुरक्षित गरी ५ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री गर्ने जनाएको छ । 

बैंकको ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्युअर रेटिङ डबल बि प्लस प्रदान गरेको छ ।