• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

स्वास्थ्यमन्त्री गिरीको स्वीजरल्याण्डका राष्ट्रपतिसँग भेट



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले स्वीजरल्याण्डका राष्ट्रपति एलेन ब्रसेटसँग भेटवार्ता गरेका छन् ।

स्वीजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन गएका मन्त्री गिरीले स्वीजरल्याण्डका राष्ट्रपतिसँग भेटवार्ता गरेको उनका प्रमुख स्वकीय सचिव लक्ष्मण गिरीले जानकारी दिए ।

उनीहरूबीच बिरामी सुरक्षामा मिलेर काम गर्ने विषयमा छलफल भएको थियो । यही फागुन ९ गते राति सम्मेलनमा भाग लिन त्यसतर्फ जानु भएका मन्त्री गिरी यही फागुन १४ गते स्वदेश फर्कने कार्यक्रम छ । रासस