• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

खैरो हिरोइन कारोबारमा संलग्न तीन जना पक्राउ



विराटनगर । इटहरीबाट लागूऔषध ब्राउन सुगरको कारोबार गर्ने तीन जना पक्राउ परेका छन् ।

ब्राउन सुगरको कारोबारमासंलग्न रहेका इटहरी ६ मा वस्ने वर्ष २४ को राजिव अधिकारी, २९ वर्षकी प्रमिला घिमिरे र भारत बिहारका २६ वर्षका विनोद कुमार गुप्तालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो ।

प्रहरीले अधिकारीको डेराबाट खैरो हिरोइन ३३ ग्राम ७९० मिलिग्राम बरामद गरेको जनाएको छ ।