• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



बालुवाटारमा प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राष्ट्रपति चयनका सन्दर्भमा छलफल भइरहेको बताइएको छ । बिहान एमालेबाहेक चार दलको बैठकमा राष्ट्रपति निर्वाचनमा एमालेबाहेकबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमति भएपछि ओली र प्रधानमन्त्री प्रचण्डबीच निर्णायक वार्ता हुने अनुमान गरिएको छ ।

एमालेले पुस १० को सहमतिअनुसार राष्ट्रपति पद आफूले पाउनुपर्ने बताउँदै आएको छ ।