२९ भाद्र २०८३, सोमबार
,
Latest
उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५ सय ५२ संक्रमणमुक्त हुँदा, १६ सय ३ जनामा कोरोना पुष्टि



अ+ अ-

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा थप १६ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा २५ सय ५२ संक्रमित निको भएका छन् । आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या २७ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८७६ जनाको पिसिआर र ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट गरी ८ हजार १३२ परीक्षण गरिएको थियो । 

नेपालमा हालसम्म पिसिआर परीक्षणबाट ६ लाख ४४ हजार ६२२ जनामा र एन्टिजेन परीक्षणबाट ३८ हजार ११७ जनामा कोरोना संक्रमण पाइएको छ ।

त्यसमध्ये ६ लाख ९ हजार २१८ संक्रमित निको भएका छन् । यस्तै कोरोनाबाट हालसम्म ९ हजार २२५ जनाको मृत्यु भएको छ ।