२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति

उत्तरी सेतो गैँडालाई लोप हुनबाट बचाउन कृत्रिम गर्भाधान गरेपछि…

उत्तरी सेतो गैँडालाई लोप हुनबाट बचाउन कृत्रिम गर्भाधान गरेपछि…
अ अ+ अ-

एजेन्सी । नाजिन र फाटु मात्रै पृथ्वीमा जीवित रहेका उत्तरी सेतो गैँडाहरू हुन्। तिनीहरू आमाछोरी हुन्।

"हरेक दिन उनीहरूलाई हेर्दै यो प्रजातिका यी अन्तिम प्राणी हुन् भनेर सोच्नु नरमाइलो कुरा हो," अफ्रिकाको केन्यास्थित ओल पेजेटा प्राकृतिक संरक्षण केन्द्रमा उनीहरूको रेखदेख गर्ने जेम्स वेन्डा भन्छन्।

उनीहरू लोप हुने अवस्थामा रहे पनि संरक्षणकर्ताले एउटा समूह त्यो प्रजातिलाई बचाउन एउटा अभूतपूर्व योजना बनाएको छ।

अफ्रिकामा अन्तिम उत्तरी सेतो गैँडा
ओल पेजेटा माउन्ट केन्यामा आधार रहेको जनावर संरक्षण निकुञ्ज हो। यहाँ बिहान कुहिरो पहाडको चुचुरोबाट गुन्ठुनिँदै झर्छ र फेदमा बस्छ।

नाजिन र फाटु एउटा घेराभित्र सुत्छन् तर सबेरै जेम्स उनीहरूलाई चराउन र आराम गराउन मैदानतर्फ लान्छन्। "फाटु झाडीमा सुतिरहेकी छे तर नाजिन घाँस खाइरहेकी छे र नअघाउन्जेल खाइरहन्छे," जेम्स भन्छन्।

"हामीले उसको भुँडी सुमसुम्याउँदा निकै आनन्द मान्छे र निकै आराम महसुस गर्छे।" उत्तरी सेतो गैँडा अनौठा उप-प्रजाति हुन्। उनीहरूका प्राकृतिक वासस्थानमा उम्रिने घाँस खानका लागि यी प्रजातिमा फराकिलो मुख बनेको हुन्छ।

उनीहरूका समूह युगान्डा, सुडान र प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा घुम्ने गर्थे। तर खागका लागि वर्षौँदेखि सिकार गरिँदा उनीहरूको सङ्ख्या सकिनै लागेको छ।

४० वर्षअघि संरक्षणको सुरुवात
नाजिन र फाटु केन्यामा जन्मिएका होइनन्। उनीहरू चेक रिपब्लिकमा जन्मिएका हुन्। प्राकृतिक वासस्थानमा सङ्ख्या घट्न थालेपछि सन् १९७५ मा तत्कालीन चेकोस्लाभियामा रहेको डुभुर क्रालोभे चिडियाखानाले छ वटा उत्तरी सेता गैँडाहरू पठाएको थियो।

"मेरा सहकर्मीहरू उत्तरी सेतो गैँडाको प्रजननको सबैभन्दा उत्कृष्ट तरिका के होला भनेर सोचिरहेका थिए," उक्त चिडियाखानाका जन स्टेसकलले भने।

प्राकृतिक प्रजननको नै आशा थियो। सन् १९७७ देखि १९८३ बीचमा तीन वटा गैँडाहरू जन्मिए। तर त्यसपछि अर्को बच्चा जन्मिनका लागि छ वर्षको समय लाग्यो र त्यो बच्चा थिई- नाजिन।

११ वर्षपछि सन् २००० मा वयस्क नाजिनले चिडियाखानामा अर्को गैँडा जन्माई र त्यसको नाम फाटु राखियो। तर जनसङ्ख्यालाई कायम राख्न सन्तानोत्पादनको दर एकदमै सुस्त थियो। त्यसमाथि भाले गैँडाहरू बूढो भएर क्रमशः मर्दै गइरहेका थिए।

प्रजननमा सहायता
चिडियाखानालाई उत्तरी सेतो गैँडालाई बचाउने एउटै मात्र उपाय प्रयोगशालामा भ्रूण उत्पादन गर्नु हो भन्ने थाहा थियो। त्यसैले उनीहरूले सहयोग खोजे।

"हामीले भालेको वीर्य लियौँ। हामीले भालेबाट वीर्य सङ्कलन गर्ने र त्यसलाई पोथीमा हाल्ने निर्णय गर्‍यौँ," बर्लिनका वन्यजन्तु प्रजनन चिकित्सा विज्ञ थोमस हिल्डरब्रान्डले भने। तर त्यो कार्य सहज थिएन।

गैँडाको भीमकाय शरीरका कारण थोमस र उनको समूहलाई उक्त जीवको यौनाङ्गसम्म पहुँच दिन चिडियाखानाले क्रेनले गैँडा उठाउनु पर्‍यो। उनीहरूले गैँडाको वीर्य सङ्कलन गरे र बर्लिनस्थित प्रयोगशालामा सुरक्षित रूपमा राखे। तर यी सबै प्रयासले पनि कृत्रिम गर्भधारण गराउने कार्यले कुनै सफलता पाएन।

अफ्रिका फिर्ता
"गैँडाहरूलाई उनीहरूको प्राकृतिक वासस्थानमा पठाएपछि कुनै हिसाबले प्रजनन गराउन सकिन्छ कि भन्ने विचार आयो," उनले भने। सन् २००९ मा नाजिन र फाटु अन्तिम जीवित भालेहरू सुन्नी र सुडानसहित केन्यामा आए।

जेम्स भन्छन्, "सम्भोगका सङ्केतहरू थिए तर दुर्भाग्यवश गर्भधारण भएन।" सन् २०१४ मा थोमस केन्या गए र ती गैँडाहरूको स्वास्थ्य परीक्षण गरे। त्यसबेला १४ वर्ष पुगेको फाटुले मूत्र सङ्क्रमणका कारण पाठेघर पूर्ण रूपमा गुमाइसकेको पत्ता लाग्यो। त्यसले गर्दा अब उसले गर्भधारण गर्न नसक्ने देखायो।

त्यस्तै उसकी आमा नाजिनको पिँडुला स्थायी रूपमा क्षतिग्रस्त भएकाले उसले अतिरिक्त गर्भावस्थामा १०० किलो भार थाम्ने कुनै उपाय देखिएन। त्यस वर्षको अन्त्यतिर सुन्नी प्राकृतिक कारणले मर्‍यो। ४५ वर्षको सुडान पनि सन् २०१८ मा मरेपछि उत्तरी सेतो गैँडाको भाले लोप भए।

अन्तिम दुई वटा उत्तरी सेतो गैँडाका माउ गर्भवती बन्न सक्दैन थिए भने भाले पनि मरिसकेका थिए। टेस्ट ट्युब गैँडा थोमसले नाजिन र फाटु गर्भधारण गर्न असक्षम भए पनि उनीहरूले डिम्बहरू भने उत्पादन गरिरहेको थाहा पाए। "त्यसपछि यी अन्तिम पोथीबाट किन डिम्बहरू सङ्कलन नगर्ने भन्ने विचार आयो," उनी भन्छन्।

आईभीएफ विधि प्रयोग गरेर नाजिन र फाटुको डिम्ब प्रयोगशालामा लगेर बर्लिनमा सुरक्षित राखिएको अहिले मरिसकेका भाले गैँडाको शुक्रकीटसँग मिलाएर भ्रूण बनाउन सकिन्थ्यो।

'टेस्ट ट्युब गैँडा' लाई उक्त प्रजाति बचाउने अन्तिम मौकाका रूपमा हेरिएको थियो। तर त्यहाँसम्म पुग्नका लागि उनीहरूले ती पोथी गैँडाहरूमा ूएग(हार्भेस्टिङू भनिने जटिल शल्यक्रिया गर्नुपर्थ्यो। थोमसका भनाइमा उनलाई उनी सफल नहुन सक्छन् भन्ने थाहा थियो तर उनी उक्त प्रजाति बचाउन हर प्रयास गर्न चाहन्थे।

अन्तिम उपाय
यो प्रजातिको गैँडाको अण्डाशय पोथी जातिको शरीरको निकै भित्र हुन्छ। थोमसका अनुसार ठूलो रक्तवाहिनी नजिकैबाट शल्यक्रिया गरिएकाले सानो गल्तीले पनि गैँडा मर्न सक्थे।

सन् २०१९ मा शल्यक्रियाअघि दुवै गैँडालाई लट्ठाउने औषधि दिइयो। त्यसपछि ती जीवहरू बिस्तारै सुते अनि थोमस र उनको समूहले काम सुरु गर्‍यो।

निकै चुनौतीपूर्ण काम फत्ते गर्न उनीहरू सफल भए।

थोमसको टोलीले १० वटा डिम्बहरूलाई निकाले। ती डिम्बहरूलाई प्रयोगशालामा पुर्‍याइयो, जहाँ वर्षौँदेखि उक्त जातिको भाले गैँडाबाट निकालिएका शुक्रकीटलाई सुरक्षित राखिएको थियो। उनीहरू डिम्ब र शुक्रकीटको मिलनबाट दुई वटा भ्रूण बनाउन सफल भए।

उनीहरू खुसी थिए तर अब समस्या थियोस् ती भ्रूणहरूलाई कसको पाठेघरमा राख्ने ? नाजिन र फाटुमा स्वास्थ्यका कारण राख्न नसकिने भएपछि नजिकको सेरोगेट बन्न सक्ने भनेको दक्षिणी सेतो गैँडा रहेको छ।

विगतमा यी नजिकका नातेदार जातिहरूले सम्भोग गरेका र वर्णशङ्कर गैँडा पैदा भएका उदाहरण थिए। त्यसैले थोमस ती भ्रूणहरू विकास हुनेमा विश्वस्त छन्। तर अझै पनि चुनौतीहरू बाँकी छन्।

ती भ्रूणहरूलाई युरोपबाट केन्यासम्म ल्याउनुपर्ने छ। त्यसपछि भ्रूणलाई विकास गर्ने प्रक्रिया यसै वर्षको अन्त्य वा आगामी वर्षमा सुरु गरिनेछ। यदि सबै योजनाअनुसार भएमा १६ महिने गर्भधारणको अवधिसहित आगामी दुई वर्षमा पहिलो बच्चा जन्मने छ।

नाजिन र फाटु जीवितै हुँदा नयाँ बच्चा प्राप्त हुने आशा छ। उत्तरी सेतो गैँडा मध्यअफ्रिकाको दलदल क्षेत्रमा रहन्छन् भने दक्षिणी सेतो गैँडा दक्षिणी अफ्रिकाको सुक्खा भूमिमा रहन्छन्।

त्यसले गर्दा दुवैको सामाजिक चरित्र फरक छ। त्यसकारण थोमसका बुझाइमा सेरोगेट आमाको साटो नाजिन र फाटुद्वारा नयाँ बच्चालाई हुर्काइनु महत्त्वपूर्ण छ।

पहिलो 'एग हार्भेस्टिङ' सफल भएपछि त्यसलाई पाँच पटक दोहोर्‍याइएको छ। त्यसले गर्दा अहिले यी दुई गैँडाबाट नौ वटा भ्रूण बनेका छन्। ती भ्रूणहरू अहिले फ्रोजन अवस्थामा छन् र उनीहरूका सेरोगेट आमाहरूसम्म पुग्ने प्रतीक्षामा छन्।