२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा जोरविजोर प्रणाली खारेज,सबै सार्वजनिक यातायात चल्न दिइने



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली खारेज गरिएको हो ।

अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन हुन सक्ने भएको छ । यस्तै थप खुकुलो बनाउँदै निषेधाज्ञालाई असार मसान्तसम्म लम्ब्याइएको छ ।