• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली ★   वीरगञ्जमा सिद्धार्थ बैंकमा भीषण आगलागी ★   ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ: हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ★   रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ? ★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद ★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण

पूर्वप्रधानमन्त्री खनाल ढाका प्रस्थान



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल नेतृत्वको एक प्रतिनिधिमण्डल बङ्गलादेशमा हुने दक्षिण एसियाली मानवअधिकारसम्बन्धी सम्मेलनमा सहभागी हुन ढाका प्रस्थान गरेको छ ।

सार्क हुमेन राइट्स फाउण्डेशनको आयोजनामा शुक्रबारदेखि हुन लागेको अन्तर्राष्ट्रिय मापदण्डअनुसार बङ्गलादेशमा मानवअधिकारको अवस्था नामक सम्मेलनमा सहभागी हुन प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले प्रमुख अतिथिका रूपमा सम्मेलनमा सम्बोधन गर्नु हुनेछ । प्रतिनिधिमण्डलमा नेता खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकार, पार्टीका केन्द्रीय विदेश विभाग सचिव डा शङ्कर खतिवडा र पार्टीका केन्द्रीय सदस्य ताजमहम्मद मियाँ हुनुहुन्छ ।

पूर्वप्रधानमन्त्री खनाल र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच शुक्रबार शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । अन्य उच्चस्तरीय भेटवार्ता पनि तय भएको खनालको सचिवालयले जनाएको छ । रासस