२९ भाद्र २०८३, सोमबार
,
Latest
उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी स्याङ्जामा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष बनाउन सांसदहरूको माग ‘भोटेकोशी बाढी सामान्य विपद् होइन, संरचनात्मक मानवीय सङ्कट हो’ असोज १ देखि कृष्णभीरमा दुईतर्फी यातायात सञ्चालन गर्ने सडक विभागको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपत्यकामा निषेधाज्ञाः के खुल्यो के खुलेन ?



अ+ अ-

काठमाडौं ।  काठमाडौं उपत्यकामा सञ्चालित सवारी साधनमा लगाइएको जोर बिजोर प्रणाली हटेको छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा मंगलबारदेखि लागु हुनेगरी सवारी साधनमा लगाइदै आएको जोर विजोर प्रणाली हटाइएको हो । यससँगै अब काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक तथा नीजि सवारी साधन सीट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने शर्तमा सञ्चालन हुने भएका छन् । कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारी साधनको ढोकामा सेनिटाइजरको व्यवस्था हुनुपर्ने  र सवारी साधनलाई अनिवार्य रुपमा दैनिक निसंक्रमित गर्नुपर्ने शर्त सहित सवारी साधनको जोर विजोर प्रणाली हटाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताउनुभयो । त्यस्तै अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा नीजि सवारी साधनहरुको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै प्रवेश गर्न पाइने उहाँले जानकारी दिनुभयो ।

त्यस्तैगरी २५ जनासम्म विद्यार्थीहरु भेला भई परीक्षा सञ्चालन गर्न सकिने भएको छ । एकै दिनमा २५ जनाभन्दा बढी मानिस जम्मा हुने अवस्था भएमा सरकारले तोकेको जनस्वास्थ्यको मापदण्ड पालना गरि सिफ्टवाइज परीक्षा सञ्चालन गर्न सकिने बताइएको छ , गोष्ठी, तालिम, सेमिनार, बैठक, समिक्षा, प्रशिक्षण जस्ता क्रियाकलाप गर्नैपर्ने भएमा २५ जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना  गरेर सञ्चालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।

निषेधाज्ञा भने असार ३१ गते सम्मका लागि लागु गरिएको छ । शैक्षिक संस्थाहरु खोलिएका छैनन् । विवाह, व्रतबन्ध लगायतका सामुहिक रुपमा गर्नुपर्ने सांस्कृतिक गतिविधिहरु पार्टी प्यालेसमा गर्न बन्देज गरिएको छ । स्थाीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने भएको छ ।