२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु अनुकूलित गाउँ बन्दै पाटापुर



अ+ अ-

मङ्गलबारे । इलामको दक्षिणी क्षेत्र रोङ गाउँपालिका–६ को पाटापुर गाउँलाई जलवायु अनुकूलित नमूना गाउँ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ । भारतसँगको सीमावर्ती मेची किनारमा रहेको चुरे क्षेत्र पाटापुर क्षेत्रलाई जलवायु अनुकूल गाउँ घोषणाको तयारी गरिएको हो ।

गाउँपालकिला र नामसालिङ सामुदायिक विकास केन्द्रले सो क्षेत्रलाई स्थानीय हावापानी सुहाउँदो बीउबाली, खेती प्रणाली प्रवद्र्धन, अन्य तालिम तथा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । यस्तै सोलार लिफ्टिङ प्रविधिको सिँचाइ आयोजना निर्माण गरिएको छ ।

चुरे क्षेत्रको पाटापुरमा सिँचाइको लागि नामसालिङ सामुदायिक विकास केन्द्रमार्फत सोलार लिफ्टिङ प्रविधिको सिँचाइ आयोजना उद्घाटन गरिएको छ । गाउँपालिका र स्थानीय सरकारको पहलमा क्यानेडियन कोषको लागत साझेदारीमा कार्यक्रम सञ्चालन भएको हो । आयोजनाको संयुक्तरुपमा कोषका काउन्सिलर कोलीन र गाउँपालिका अध्यक्ष सुवास स्याङ्बोले बुधबार उद्घाटन गर्नुभयो ।

नामसालिङ सामुदायिक विकास केन्द्रका हीराकाजी घलेका अनुसार गाउँमा रहेको सुक्खा जमिनमा सिँचाइ सुविधा उपलब्ध गराई यहाँ जलवायु अनुकूल बाली विस्तार गर्न ६० घर परिवारलाई सहयोग पुगेको छ । पाटापुरमा बाँदर हात्ती र बाघजस्ता वन्यजन्तुले हानिनोक्सानी नगर्ने बाली विकासका लागि बीउ वितरण गरिएको छ ।

यहाँका खेतबारीमा प्रयोग गर्न मिनी पावर टिलर, कुटानीपिसानी मिल र अन्य मेसिन वितरण गरिएको छ । गाउँमा छवटा लघुउद्यम सञ्चालन सुरु भएको गाउँपालिका अध्यक्ष सुवास स्याङबाले बताउनुभयो । प्राङ्गारिक खेती प्रवद्र्धनका लागि २० घरधुरीमा स्थानीय स्रोत र साधन प्रयोग गरी गोठ तथा खोर सुधारमा सहयोग गरिएको छ । बेमौसमी तरकारी खेती प्रवद्र्धनका लागि गाउँवासीलाई प्लाष्टिक टनेल वितरण गरिएको छ । कार्यक्रमले हावापानी सुहाउँदो खेतीप्रणाली सुरुआतका साथै कृषिमा प्रविधिको विकास भएको छ । पाटापुरमा जलवायु अनुकूलन गाउँ योजना तर्जुमा सम्पन्न भएको संस्थाले जनाएको छ ।

कार्यक्रमका संयोजक शान्तिराम घिमिरेले नवीकरणीय ऊर्जामा आधारीत संस्थागत सुधारिएको चुलो निर्माण गरिएको जानकारी दिनुभयो । तीन वटा संस्थागत चुलो निर्माण गरिएको छ । कार्यक्रम गत वर्ष सञ्चालन भएकोमा यही महिनामा सम्पन्न हुने बताइएको छ । रासस