५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकटमा सिटौला



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको १३ औं महाधिवेशनपछि पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा पार्टीभित्र छुट्टै समूह विकास भएको छ अहिलेसम्म काँग्रेसभित्र तेस्रो धारका रुपमा परिचय बनाएको सिटौला समूह १४ औं महाधिवेशनसम्म समूहकै रुपमा कायम रहनेमा आशंका उत्पन्न हुन थालेको छ । 

१३ औं महाधिवेशनमा रामचन्द्र पौडेलको उम्मेदवारी अस्वीकार गर्दै सभापतिका प्रत्यासी बनेका सिटौलाको १४ औं महाधिवेशनमा कस्तो भूमिका हुन्छ भन्नेमा स्पस्ट भइसकेको छैन ।

आफू निकट नेताहरु सभापति शेरबहादुर देउवा र इत्तर समूहमा विभाजित भएपछि सिटौलामा संकटमा परेका छन् । यो समाचार नागरिक दैनिकमा छ ।