१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: लाइप्जिगसँग बराबरीमा रोकियो म्यान्चेस्टर सिटी



अ+ अ-

एजेन्सी । च्याम्पिन्स लिग फुटबल अन्तर्गत इंग्लिस क्लब म्यान्चेस्टर सिटीले बराबरी खेलेको छ । बुधबार राति भएको पहिलो लेगमा सिटीले जर्मन क्लब आरबी लाइप्जिगसँग उसको मैदानमा १–१ गोलको बराबरी खेलेको हो ।

खेलको २७ औं मिनेटमा रियाद माहरेजले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ७० औं मिनेटमा जोस्को जिमार्डिओलले गोल गर्दै घरेलु टोली लाइप्जिगलाई हारबाट जोगाए ।

अब यी दुई टोलीबीच दोस्रो लेग मार्च १५ मा सिटीको घरेलु मैदानमा हुनेछ ।