२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाल आयोगको प्रतिवेदनबारे नागरिक उन्मुक्तिले माग्यो प्रधानमन्त्रीको धारणा



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले लालआयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेको छ । बुधबार प्रतिनिधिसभामा विशेष समय लिएर नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम थारूले प्रधानमन्त्रीको धारणा माग गरेका हुन् ।

उनले भने, ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक–पटक भनिरहेका छौँ । पटक–पटक प्रधानमन्त्रीबाट यो धारणा व्यक्त हुन सकेको छैन ।’

विगतमा पनि यस्तो माग गर्दै आएपनि प्रधानमन्त्रीको धारणा नआएको भन्दै उनले सदनमा अवरोधको सुरुवात गर्ने तयारीमा रहेको समेत बताए । ‘त्यसैले गर्दा अब हामी आजैदेखि सदन विरुद्धको तयारीमा छौं’ उनले भने ।