२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय गायिका आस्था गिल, र्‍यापर किङसहितको ‘नेभरल्याण्ड कन्सर्ट’ ले तात्यो रंगशाला– फोटोसहित



अ+ अ-

काठमाडौँ । ग्याल्पो ल्होसारको अवसर पारेर मंगलवार साँझ दशरथ रंगशालामा कन्सर्ट भएको छ ।

मंगलवार दशरथ रंगशालामा ‘नेभरल्याण्ड कन्सर्ट’ भएको हो । कन्सर्टमा भारतीय चर्चित गायिका आस्था गिलसहितका अन्य कलाकारको प्रश्तुती रहेको थियो ।

आयोजित कन्सर्टमा उनले आफ्नो चर्चित गीत संगीतबाट दर्शक रिझाएकी हुन् । कार्यक्रममा गायिका गिलले ‘पानी पानी’, ‘कमरिया’, ‘अभि तो पार्टी शुरु हुई’ लगायत आधा दर्जन बढी गीत प्रश्तुत गरेकी थिइन् । दर्शकले भरिभराउ कन्सर्टम गिलको अलवा सृष्टि तवाडे र नेपाली डान्स ग्रुप एभेरष्ट लगायतले प्रश्तुति दिएका थिए ।

अबेर रातीसम्म चलेको कन्सर्टमा भारतीय चर्चित र्‍यापर किङ, डिभाइन लगायत थुप्रैले समेत प्रश्तुति राखेका थिए । कन्सर्टमा दर्शकहरुले रमाइलो गरी उफ्रिउफ्रि नाचेर कन्सर्टको मनोरञ्जन लिएका थिए । दर्शकका लागि बेग्लै किसिमको सांगीतिक माहोल मिलोस् भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार समेटेर रंगशालामा कन्सर्ट आयोजना भएको हो ।

आयोजकले कन्सर्टले सांगीतिक पर्यटन बढाउने उद्देश्य राखेको छ ।