२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च  News Polar गाजाका विभिन्न क्षेत्रमा इजरायली आक्रमणः सात प्यालेस्टाइनीको मृत्यु News Polar ऐतिहासिक ‘लङ मार्च’को विरासत बोकेको जुनयी शहरः क्रान्तिकारी स्मृतिसँगै आधुनिक समृद्धितर्फ लम्कँदै News Polar इस्टोनियामा पुराना गाडीहरूको रोमाञ्चक ‘स्क्यार्प–कार र्‍याली’- ६०० मिटर ट्रयाकमा ठोक्किँदै दौडिए ७० सवारी News Polar निकुञ्जमा जिप सफारी सुरु News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति

विपत व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा छ: रविन्द्रमान श्रेष्ठ

विपत व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा छ: रविन्द्रमान श्रेष्ठ
अ अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले मनसुनजन्य विपतका व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ । सोमबार काठमाडौं महानगरपालिका विपत व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले भोलीका दिनमा आइपर्न सक्ने विपत व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताउनुभयो ।

नदिमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतको लागि महानगरपालिका तयार रहेको बताउनु भयो । बाढी घरभित्र पसेमा सरसफाई गर्ने लगायतका कामको लागि पनि तयार रहेको उहाँले बताउनुभयो । आवश्यक जनशक्ति र र सामग्रीहरु पनि तयारी अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । धोविखोला, बल्खु खोला, बागमती, विष्णुमति नदीका किनारहरुमा डुवानहुने कुरालाई ध्यान दिदैँ त्यहाँ विपत प्रतिकार्यका काम शुरु गरिएको पनि उहाँले बताउनुभयो । 

उहाँले भन्नुभयो – नदी सरसफाइको कार्यहरु केही ठाउँहरुमा गरेको छ र कति ठाउँहरुमा लोकल र वडाहरुबाट पनि सिफारिसहरु आउँछ यो नदी सफा गरिदिनु प¥यो डुबान हुन्छ भनेर । हामीले कहिँपनि डुबान भएछ, पानि भरिइरहेको छ भने त्यहाँ पम्पले तान्ने काम गरेका छौँ । जनशक्तिमा हाम्रो नगरप्रहरीहरु पनि छन् र दमकल पनि चालु हालतमा छ । हाम्रो गाडी, म्यानपावर, इक्युपमेन्टहरु पनि तयारी हालतमा राखेका छौँ ।

उहाँले बाढी आएको खण्डमा दुई सय जना नगरप्रहरी तुरुन्त परिचालन गर्न सकिने जानकारी दिनुभयो । ¥यापिड रेस्पोन्स फोर्समा भने ३० जना प्रहरी तुरुन्त परिचालन गर्न सकिने अवस्थामा रहेको उहाँले बताउनुभयो । रेनकोट, बत्ति, गल, रुख काट्ने औजारहरु र स्लिपिङ ब्याग लगायतका अत्यावश्यक सामग्रीहरुको पनि व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताउनु भयो ।