२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

वर्तमान अवस्थामा निर्वाचनमा जानु नै सही निर्णयः देवेन्द्र दाहाल

वर्तमान अवस्थामा निर्वाचनमा जानु नै सही निर्णयः देवेन्द्र दाहाल
अ अ+ अ-

काठमाडौं । राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरंकुश नभएको दाबी गर्नुभएको छ । 

सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य दाहालले पहिलो पटक विघटित प्रतिनिधिसभा पुनस्थापना पछि पनि केही काम गर्न नसकेकाले वर्तमान अवस्थामा निर्वाचनमा जानु नै सही निर्णय भएको जिकिर उहाँले गर्नुभयो । उहाँले निर्वाचनको विरोध गर्ने विपक्षीहरु कसै संग पनि जनतासंग जाने हिम्मत नभएको दाबी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो “विपक्षीहरु कसै संग पनि जनतासंग जाने हिम्मत देखिएको छैन । ”
उहाँले संसदीय अभ्यासको नाम गैह संबैधानिक अभ्यासहरु देखिएको तथा अनधिकृत र असंसदीय अभ्यास सुरु भएको दाबी गर्नुभयो । उहाँले निर्लज्ज ढंगले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाईदिनुपर्यो भन्दै नसुहाउँदो ढंगले नेकपाका वरिष्ठ नेताहरु हस्ताक्षर सहित राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा लाईन लागेको टिप्पणी गर्नुभयो । सरकारले कोभिड दोश्रो लहरको समयमा अत्याधिक आवश्यक परेको अक्सिजन उपलब्धता र खोप आयातमा सरकारले निकै राम्रो काम गरेको दाबी गर्नुभयो । उहाँले विपक्षी दलहरुले सरकारले गरेका राम्रा काम देख्न नसकेको टिप्पणी गर्नुभयो । 

संसदीय प्रणालीमा राष्ट्रियसभा मात्रै अपुर्ण हुने भएकाले प्रतिनिधिसभा विना राष्ट्रियसभाले कुनै पनि ऐन बनाउन नसक्ने बताउनुभयो । बाढी पहिरोबाट मुलुकका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको भन्दै राहत, पुर्नस्थापनाको माग गर्नुभयो ।