• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

विश्वकप लिग–२: नेपाललाई नवौँ सफलता



काठमाडौँ । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाल र स्कटल्याण्डबीचको खेल जारी छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेपाललाई नवौँ सफलता मिलेको छ ।

नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले चार, करण केसीले दुई तथा कुशल मल्ल र ललित राजवंशीले एक–एक विकेट लिएका हुन् । यस्तै, स्कटल्याण्डका म्याथ्यु क्रस रनआउट हुन पुगे । उनलाई दिपेन्द्र सिंह ऐरीले आउट पारे । दिपेन्द्रले ‘डाइरेक्ट हिट’ पार्दै क्रसलाई आउट पारेका हुन् ।

यसैबीच करण केसीले ओडीआईमा ५० विकेट पूरा गरेका छन् ।

यो समाचार तयार पार्दासम्म टस हारेर पहिले ब्याटिङमा उत्रिएको स्कटल्याण्ड ४० ओभरमा ९ विकेटको क्षतिमा १९६ रनको अवस्थामा छ ।