• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

टर्कीमा पुनः शक्तिशाली भूकम्प, सडकमै भागदौड



एजेन्सी । टर्कीमा सोमबार अबेर राति ६.४ म्याग्निच्यूड तीव्रताको शक्तिशाली भूकम्प गएको छ । टर्कीको हताय प्रान्तमा भूकम्पको तीब्र झट्का महसुस गरिएको हो ।

यसअघि गत माघ २३ गते सोमबार आएको महाविनाशकारी भूकम्पपछि टर्कीमा पुनः एकपटक शक्तिशाली रुपमा जमीन थर्किएपछि टर्कीमा त्रासको वातावरण पैदा भएको छ ।

सोमबार राति गएको भूकम्पमा सडकमै भागदौड मच्चिएको थियो । दुई हप्ताअघि टर्की तथा सिरियामा आएको शक्तिशाली भूकम्पका कारण अहिलेसम्म ४५ हजार बढीको निधन भइसकेको छ ।

टर्कीको समाचार एजेन्सीका अनुसार पछिल्लो भूकम्पपछि ३२ वटा पराकम्प महसुस गरिएको छ । पछिल्लो भूकम्पमा तीन जना मानिसले ज्यान गुमाएका छन् भने २१३ जना घाइते भएका छन् । भूकम्पपछि प्रभावित क्षेत्रका वासिन्दाहरु सडकमा आएका थिए ।

टर्कीको आपतकालिन प्रवन्धन एजेन्सीका अनुसार पछिल्लो भूकम्पबाट क्ष्तिग्रस्त भएका थुप्रै भवनहरुमा यो भूकम्पले थप क्षती पुर्याएको छ ।