५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेलकममा हाेलीकाे उमंग



अ+ अ-

काठमाडौँ । फागू पूर्णिमाको पूर्वसन्ध्यामा वेलकम एड्भरटाईजिङ्गले  आफ्नै  प्राङ्गणमा आपसि एकता, सद्भाव, भाईचारा, मित्रता र प्रेमको प्रतिकको रुपमा रहेको  रंगहरुको पर्व होली, सामाजिक परम्परा र संस्कृतिलाई निरन्तरता दिदैं विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।

विश्वशान्तिको कामना गर्दै,  वर्तमान समयमा युवा पुस्ता आफ्नो परम्परा र पराम्परागत मुल्यमान्यता देखि टाढा हुदैं आधुनिकता तर्फ धकेलिदै गईरहेको अवस्थामा  वेलकम ग्रुपका अध्यक्ष निर्मलराज पौडेल तथा निता पौडेलले वेलकम ग्रुपमा कार्यरत कर्मचारीहरुलाई रमाईलोे उमङ्ग र उत्सवको पर्व  होली को शुभकामना सहित, विभिन्न होलीको रंग लगाईदिदै, यस्ता पर्वहरुले समाजमा आपसी मेलमिलाप का साथै आत्मियताको राम्रो विकास र थप खुसी बढ्ने विश्वास ब्यक्त गर्नुभयो र हामी शान्ती चाहन्छौं भन्ने शन्देश प्रवाह गर्न ''we stand peace for this Holi'' भन्ने श्लोगनका साथ यसपालीको होली रमाईलो गर्दै मनाउनुभयो  । 

परापुर्व कालदेखि “असत्य माथी सत्यको विजय” को प्रतिकको रुपमा  होली पर्व मनाइन्छ ।  कार्यक्रममा कर्मचारीहरु सेतो टिर्सटमा होलीका बिभिन्न रंगहरुमा रंगिए पछि होलीे पर्वको उत्साह छुट्टै देखिएको थियो ।