६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

राष्ट्र बैंकले एउटै व्यक्तिले धेरै लघुवित्तबाट धेरै ऋण लिन नपाउने प्रावधान ल्याउँदै

राष्ट्र बैंकले एउटै व्यक्तिले धेरै लघुवित्तबाट धेरै ऋण लिन नपाउने प्रावधान ल्याउँदै
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैंकले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागेको बताउनुभएको छ ।

सोमवार आर्थिक पत्रकार समाज सेजनले काठमाडौंमा आयोजना गरेको संकटमा लघुवित्त, कारण र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा बौल्दै कार्यकारी निर्देशक नेपालले यस्तो बताउनुभएको हो । उहाँले लघुवित्तका ३३ लाख बढी ऋणी भएकाले प्रत्येकको फाइल हेर्न नसक्ने भन्दै संस्थाले हेर्नुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय धेरै लघुवित्तमा सदस्य भएर एउटै व्यक्तिले सबैबाट ऋण लिएर समस्यामा परेको पाइएको भन्दै अब निर्देशिकामार्फत कडाइ गर्ने तयारी भइरहेको बताउनु भयो ।

उहाँले लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरे मात्रै धेरै समस्या समाधान हुने उल्लेख गर्नुभयो । उहाँले वित्तीय साक्षरताको कमीले समेत ऋणीले लिएको ऋणको उपयोग हुन नसकेको बताउनु भयो । उहाँले लघुवित्तमा पछिल्लो समय देखिएको समस्या सबै मिलेर समाधान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले स्थानीय स्तरमा लघुवित्तका कर्मचारीले आफ्नो व्यवहार सुधार्नु आवश्यक रहेको भन्दै मिटरब्याजीका कारण पनि स्थानीय स्तरमा समस्या बढी बढ्दै गएको बताउनु भयो ।

नेपालले लघुवित्त संस्थाका कर्मचारी बिहान १० बजे भन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाई वस्तु तान्ने,घरमा चुकुल लगाइदिने काम तत्काल बन्द गर्न आग्रह गर्नुभयो । उहाँले लघुवित्तहरुले धेरै राम्रो काम उदाहरण रहेको भन्दै सबैलाई एउटै समूहमा हाल्दा ३० वर्षसम्म गरेका योगदान काम न लाग्ने बताउनु भयो । उहाँले कुनै पनि लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए राष्ट्र बैंकमा उजुरी दिन सबैलाई आग्रह गर्नु भयो । नेपालले लघुवित्त खारेज नभएर देखिएका समस्या समाधान गरी परिमार्जन गर्दै लैजान आवश्यक रहेको बताउनु भयो ।

उहाँले पछिल्लो समय ५ देखि १० प्रतिशत लघुवित्त संस्थाहरुले खराब काम गरेको भन्दै करेक्शन गरिने बताउनु भयो । उहाँले पछिल्लो समय केही शेयरका खेलाडीहरु लघुवित्तमा प्रवेश गरेर लघुवित्तलाई बिगारेको समेत आरोप लगाउनु भयो । उहाँले कोरोना माहामारी र तरलता अभावको कारण पनि लघुवित्तहरुमा समस्या आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘लघुवित्तमा ३३ लाख ऋणीहरु रहेका छन् । उनीहरु प्रत्येकको फाइल हेर्न सक्दैन । त्यो लुघुवित्तहरुले हेर्ने हो । अब राष्ट्र बैंकले अब लघुवित्तको एउटैमा मात्रै समावेश हुने नभए एउटा वा ३ भन्दा बढी संस्थाहरुमा संगलन हुन नपाउने भनेर चाँडै निर्देशन जारी गर्ने प्रक्रियामा छौं । लघुवित्त संस्थाहरुले आफ्ना सदस्यहरुलाई एउटै किसिमको व्यवसायी व्यवहार गर्नुहोला । बिहान १० बजे भन्दा अगाडि र बेलुका ११ बजेसम्म ग्राहकको घरमा गएर यातना दिने र गाईवस्तु तान्ने,घरमा चुकुल लगाई दिने काम गर्न हुँदैन । तत्काल अन्त्य गर्नुपर्छ ।

लघु वित्तहरुले धेरै राम्रो काम गरेका छन् तर एउटा नराम्रो काम हुँदा एउटै समूहमा हाल्दा सबै काम ओझेलमा पर्छन् । सबै मिलेर समस्या समाधानको खोजि गर्नुपर्छ । लघु वित्तहरुले ३० वर्षसम्म गरेका योगदानलाई एउटा गल्तिमा बन्द गर्न सकिदैन । लघुवित्तहरुका गल्ति कमजोरीहरु छन् । त्यसलाई सच्याउन आवश्यक छ । लघुवित्त संस्थाहरु स्वशासित संस्थाहरु हुन् । कुनैपनि लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याज लिएको भए हामीलाई जानकारी दिनुस् । हामी त्यसलाई तत्काल कारबाही गर्छौं ।

लघुवित्तका समस्या समाधान गरी परिमार्जन गर्दै जानुपर्छ बन्द गर्ने कुरा सोच्नु हुँदैन । त्यस्तो गर्दा नेपाल धेरै पछाडि पर्छ । पछिल्लो समय ५ देखि १० प्रतिशत लघुवित्त संस्थाहरुलाई करेक्शन गर्नुपर्छ । केही शेयरका खेलाडिहरु लघुवित्तमा प्रवेश गरेर लघुवित्तलाई बिगारेका छन् । यो विषयमा राष्ट्र बैंक सहमत छ । केही लघुवित्तहरुले घरघरमा गएर पैसा बाँड्ने काम गरेका छन् । यसमा कोरोना माहामारी र तरलता अभावको कारण पनि समस्या आएको छ ।’

त्यस्तै माइक्रोफाइनान्स एशोसिएशन नेपालका अध्यक्ष जगत पोखरेलले धेरै माइक्रोफाइनान्स भएकाले समस्या आएको बताउनु भयो । उहाँले नेपाल राष्ट्र बैंकले दिएको निर्देशन भित्र लघुवित्तहरु बसेर काम गर्नुपर्ने र पालना नगरे कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले लघुवित्तहरुले ग्रामिण क्षेत्रमा कसरी लगानी गरेर उत्पादन बढाउने र बजारको व्यवस्थापन गर्ने भन्ने विषयमा लागेको बताउनु भयो ।
उहाँले पछिल्लो समय लघुवित्तहरुमा देखिएको समस्याको विषयमा नजिकबाट हेरिरहेको बताउनु भयो । उहाँले लघुवित्तको समस्या समाधान गरेर जान तयार रहेको पनि बताउनु भयो ।