• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

वृद्धभत्ता नदिएको भन्दै भतिजाले गरे काकाको चक्कु प्रहार गरी हत्या



प्रतीकात्मक तस्बिर

काठमाडौँ । महोत्तरीमा वृद्धभत्ताको रकम नदिएको भन्दै भतिजाले काकाको हत्या गरेका छन् ।

जिल्लाको महोत्तरी गाउँपालिका– ३ मडैनिवासी ७० वर्षीय शिव महरालाई उनकै भतिजा नाता पर्ने ३० वर्षीय विजेन्द्र महराले चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

प्रहरीले घटनास्थल पुगेर आवश्यक प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वर ल्याइएको छ ।

हत्या आरोपी विजेन्द्र फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।