• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

स्पट फिक्सिङ: नेपालीविरुद्ध मात्र मुद्दा दर्ता



काठमाडौं । काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले स्पट फिक्सिङ गरेको आरोपमा ५ जनाविरुद्ध मात्र मुद्दा दर्ता गरेको छ ।

सोमबार कार्यालयले खेलाडीहरु मेहबुब आलम र आदिल अन्सारी तथा नितेश शाह, नवीन कँडेल र रवि माझीविरुद्ध मुद्दा दर्ता गरेको हो । स्पट फिक्सिङमा मुछिएका कँडेल र माझी फरार छन् ।

सरकारी वकिलको कार्यालयले नाम थर र वतन खुलेको वा नेपालमा पक्राउ परेको अवस्थामा विदेशीको हकमा अर्को अभियोग पत्र दर्ता गर्ने निर्णय गरेको छ ।

जतिन अहलुवालिया र अभिषेक शक्लानी, वेस्ट इन्डिजका खेलाडी आन्द्रे म्याकर्थी तथा भारतीइ नागरिकहरु समीर शेख, वीरेन्द्र शाह र विकास ध्यानी नेपालमा पक्राउ परेको अवस्थामा वा उनीहरुको नाम थर, वतन खेलेको अवस्थामा अर्को अभियोग पत्र दर्ता गरिने कार्यालयले निर्णय गरेको हो ।

जतिन अहलुवालिा नेपाल टि–२० लिगका आयोजक हुन् ।