२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनभित्रै ५० लाख मात्रा खोप, को-को छन् प्राथमिकतामा ?



अ+ अ-

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणविरुद्ध खोप लगाउन योग्य २ करोड ९ लाख ९६ हजार ८ सय ९ जना नागरिक खोपको प्रतीक्षामा छन् । स्वास्थ्य मन्त्रालयले तयार पारेको कोभिड–१९ खोपका लागि लक्षित समूहको प्राथमिकीकरणअनुसार अनुमानित २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइनेछ ।

जसअन्तर्गत अहिलेसम्म ७ लाख ५९ हजार ९ सय ५४ जनाले खोपको दुवै मात्रा (पहिलो र दोस्रो) लगाएका छन् । २६ लाख ११ हजार ८ सय ७ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । १३ लाख ५० हजार ज्येष्ठ नागरिक र अन्य उमेर समूहकाले पहिलो मात्रा लगाएको तीन महिना बित्नै लाग्दा पनि दोस्रो मात्रा लगाउन पाएका छैनन् । उनीहरूका लागि सरकारले एस्टे«जेनेकाको खोप लगाउने निर्णय गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अब क्रमिक रूपमा खोप आपूर्ति हुँदै जाने र एक महिनाभित्र एस्ट्रजेनेकाको खोप पनि नेपाल भित्रिनेछ । स्वास्थ्य मन्त्रालयले कोभ्याक्स फ्यासिलिटीमार्फत जोन्सन एन्ड जोन्सन खोप आउने जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘कोभ्याक्समार्फत १० लाख डोज खोप आउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार नेपाल वायु सेवा निगमको वाइडबडीले चीनबाट ४० लाख डोज खोप नेपाल आउँदै छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।