६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

बुटिक विमानस्थल: नियम बिपरितको सम्झौता,महालेखाको चासो , टुक्रा सम्झौतबाट दुई करोड ५० लाख खर्च

बुटिक विमानस्थल: नियम बिपरितको सम्झौता,महालेखाको चासो , टुक्रा सम्झौतबाट दुई करोड ५० लाख खर्च
अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुटिक विमानस्थल बनाउने नाममा नियम बिपरित दुई करोड ५० लाख रकम खर्च गरेको छ ।

नागरिक उड्डयन प्राधिकरण स्थित स्रोतले दिएको जानकारी अनुसार बुटिक विमानस्थल बनाउने नाममा निर्माण कार्यको टेण्डर नगरिकन केही व्यवसायिहरुसँगको मिलेमतोमा तत्कालिन महानिर्देशक राजकुमार क्षेत्रीले दुई करोड ५० लाख खर्च गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुटिक विमानस्थलका लागि भएका खर्चहरु पारदर्शि नभएको महालेखा परिक्षकको प्रतिबेदनमा समेत उल्लेख छ ।

तत्कालिन महानिर्देशक क्षेत्रीको निर्देशनमा आर्थिक वर्ष २०७५÷७६ को जेठ महिनाको अन्तिम तिर बुटिक विमानस्थल बनाउने प्रक्रिया सुरु गरी सोही आर्थिक वर्षको असार महिनामा ३५ वटा कोटेसन (शिर्षक) मार्फत उक्त बजेट बाडिएको पाइएको छ । सार्वजनिक खरिद ऐन नियमावलीमा बिपरित बुटिक विमानस्थल निर्माणको काममा कुनै पनि टेण्डर प्रक्रिया गरिएको थिएन ।

कुल ३५ वटा कोटेसन मार्फत प्रति कोटेसन ८ देखि १० लाख सम्मको रकम व्यवसायिहरुसँगको मिलेमतोमा बितरण गरी सार्वजनिक खरिद ऐन तथा नियमावलीको पालना नगरिएका हो । बुटिक विमानस्थल निर्माण गर्ने नाममा एउटै बजेट शिर्षकको निर्माण तथा खरिद कार्यमा टुक्रा÷टुक्रा गरी खरिद गरिएको पाइएको छ । यसरी रकम भुक्तानी गरिएका विषयमा महालेखा परिक्षकको वार्षिक प्रतिबेदनमा समेत उल्लेख गरिएको भएपनि नेपाल नागरिक उड्डयन प्राधिकरणले सहजै रुपमा भुक्तानी प्रदान गरेको स्रोतको आरोप छ ।

सार्वजनिक खरिद ऐन मिचिएका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चासोको विषय बन्नु पर्ने भएपनि अहिले सम्म अख्तियारले कुनैपनि चासो नदेखाएको स्रोतले बतायो । स्रोतले भन्यो, ‘सामान्य विषयमा अख्तियारले चासो देखाउछ तर बुटिक विमानस्थल निर्माणका नाममा सार्वजनिक खरिद ऐन मिचि सामान खरिद गरिदा तथा रकम भुक्तानी हुँदा समेत चासो नदेखाउनु दुःखको कुरा हो, अब अख्तियारले चासो देखाउनु पर्छ ।’

बुटिक विमानस्थल निर्माणमा सबै जसो खरिद कार्य तत्कालै गर्नु पर्ने जस्तो जरुरी नहुँदा नहुँदै पनि टेण्डर प्रक्रिया नपु¥याई सार्वजनिक खरिद ऐन, नियमावली मिचि तत्कालिन महानिर्देशक क्षेत्रीले रकम भुक्तानी गर्दा समेत नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वर्तमान कार्यसमितिले चासो नदिएको आरोप लागेको छ । प्राधिकरणको कार्यसमिति अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अध्यक्ष रहने व्यवस्था रहेको छ । बुटिक विमानस्थल बनाउने नाममा निर्माण गरिएका कार्यको बिल भपाई भने सबै मिलाइएको स्रोतको दाबी छ ।