६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नीति र नियम बनाउँदा सरोकारवालासँग छलफल गरियो भने मात्र खोजेको नतिजा प्राप्त हुन्छ: वरिष्ठ उपाध्यक्ष ढकाल

नीति र नियम बनाउँदा सरोकारवालासँग छलफल गरियो भने मात्र खोजेको नतिजा प्राप्त हुन्छ: वरिष्ठ उपाध्यक्ष ढकाल
अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यका सबै निकायले नीति, नियम तथा कानूनहरु बनाउँदा सम्बन्धित सरोकारवाला पक्षहरुसँग छलफल गरेर बनाएमा मात्र खोजेको उद्देश्य र नतिजा प्राप्त हुने बताउनुभएको छ ।

शुक्रबार धुलिखेल उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले नीति नियम बनाउँदा सम्बन्धित पक्ष वा सरोकारवालासँग छलफल नगरी बनाउने गरेकोले त्यस्ता नीति नियम कार्यान्वयनमा कठिनाइ हुने र खोजेको उद्देश्य पनि प्राप्त हुन नसकेको बताउनुभएको छ ।

“सरोकारवाला निकायसँग छलफल नै नगरी नीति नियम बनाउने चलन छ । अधिकांश नीति नियम बनाउँदा निजी क्षेत्रलाई साक्षीमात्र राख्ने गरिन्छ । यसले गर्दा उक्त नीति नियम कार्यान्वयन पनि हुन सक्दैन र त्यसले चाहेको नतिजा पनि दिन सक्दैन । त्यसैले सरोकारवाला निकायसँग आवश्यक छलफल गरेर, उनीहरुलाई सहभागि गराएर नीति नियम बनाउने गरौँ,” उहाँले भन्नुभयो ।

उहाँले राज्यले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्दा मुलुकले चाहेको आर्थिक विकास पनि हासिल गर्न सहज हुने बताउनुभयो ।

उहाँले कोभिडका कारण बैदेशिक रोजगारीमा गएका श्रमिकहरु घर फर्किने तर जाने क्रम रोकिएको, पर्यटकहरु आउने बन्द भएको तथा मूल्य वृद्धि भई आयातमा धेरै पैसा बाहिरिएको कारण अर्थतन्त्रमा समस्या आएको बताउनुभयो ।

तर कोभिड महामारीको समयदेखि सुरुभएको तरलताको समस्या विस्तारै सहज हुदै गएको छ, उहाँले भन्नुभयो ।

“कोभिडको समयमा उद्योग व्यवसाय बन्द भए । विदेशबाट रेमिट्यान्स भित्रिनेक्रम पनि कम भयो । आयातमा धेरै पैसा बाहिरियो र यसले गर्दा बैंकमा लगानि योग्य पुँजीको अभाव भयो । तर अहिले विस्तारै सबै कुरा सकारात्मक हुँदै छन् । यसले के भन्न सकिन्छ भने अबको केही समयभित्र अर्थतन्त्र सहज बाटोबाट अगाडि बढ्छ,” उहाँले भन्नुभयो ।

उहाँले महासंघकोे तर्फबाट आफूहरुले गरेको निरन्तर पहलस्वरुप नियामक निकाय र अन्य सरोकारवालसम्म कुरा पुगेको र केही कुराहरु सम्बोधन गरेको बताउनुभयो ।
“हामीले प्रधानमन्त्री, उपप्रधान मन्त्री तथा अर्थ मन्त्री र नेपाल राष्ट्र बैंकको गर्भनरज्यू लगायतलाई बारम्बार हाम्रा समस्याहरु राखेर यसमा सम्बोधन गर्न भनेका छौँ । केही कुराहरु सम्बोधन पनि भएका छन् । अझै धेरै बाँकी छन् । यसमा हामी निरन्तर पैरवी गर्ने नै छौँ,” उहाँले भन्नुभयो ।