७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि

१० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने काँग्रेस प्रमुख सचेतकको दाबी

१० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने काँग्रेस प्रमुख सचेतकको दाबी
file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गर्नुभएको छ ।

शुक्रवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा पार्टीले गरेको कानूनविद्हरुसँगको छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले अबको हप्ता १० दिन भित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताउनु भयो । उहाँले एमालेले धेरै अधैर्य र अस्थिर राजनीति देखिएको बताउनु भयो । उहाँले एमाले विचलित भइरहेको भन्दै अहिलेको सत्तँ गठबन्धन स्थिर नरहेको बताउनु भयो ।

प्रमुख सचेतक लेखकले मुल राजनीतिक मुद्दा जुन छ, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली काँग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको बताउनु भयो । उहाँले नेकपा एमाले संसद विघटको चाहना राखेर अघि बढ्ने पार्टी भएको उल्लेख गर्दै यस्ता पदहरु जो संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा काँग्रेसको स्वभाविक दाबी रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एमालेको अत्यन्त ज्यादा अधैर्य र अस्थिर राजनीति देखिएको छ । उहाँहरु ज्यादै विचलित हुनुभएको छ । त्यसको कारण के हो मलाई थाहा छैन । उहाँहरुको विचलनले नै के देखाइरहेको छ भने अहिलेको सत्ता गठबन्धन स्थिर छैन भन्नेकुरा देखाइरहेको छ । राष्ट्रपतिका लागि हामी सकारात्मक र आशावादी छौँ । काँग्रेस सबैभन्दा ठूलो राजनीतिक दल हो । संसदमा हामी सबैभन्दा धेरै संख्यामा छौँ, सातै प्रदेशमा हामी सबैभन्दा ठूलो संख्यामा छौँ । सबै राजनीतिक दलहरु भन्दा बढी हाम्रो मतभार छ ।’

‘आजका दिनमा मुल राजनीतिक मुद्दा जुन छ, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली काँग्रेसमाथि नै भरोसा गर्ने स्थिति छ । किनभने एमालेले त जुनसुकै बेला प्रतिनिधि सभा विघटन हुन्छ भनिसक्यो नि । जुनसुकै बेला संसद विघटको चाहना राखेर अघि बढ्ने पार्टीले संविधानको रक्षा गर्दैन । यस्ता पदहरु जो संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा काँग्रेसको स्वभाविक दाबी हुन्छ । राजनीति नयाँ कोर्षमा जाने स्थिति बन्दै गएको छ । यही हप्ता १० दिनमा । नयाँ परिस्थिति सिर्जना हुने सम्भावना छ ।’

प्रमुख सचेतक लेखकले काँग्रेस राष्ट्रपतिका लागि सकारात्मक र आशावादी रहेको उल्लेख गर्नुभयो ।