३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको ‘मिसन ग्रासरुट’ अभियानः उपाध्यक्ष पौडेल धनगढीमा



अ+ अ-

काठमाडौँ । नेपाल सरकारका अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेल धनगढी पुग्नुभएको छ । आज शुक्रबारबाट सुरु हुन लागेको एमालेको ‘मिसन ग्रासरुट’ अभियानको सुरुवात गर्नका लागि उहाँ धनगढी पुग्नुभएको हो ।

धनगढी पुगेलगत्तै शिवपुरी धामको दर्शन गरेर उपाध्यक्ष पौडेलले भन्सार र कर कार्यालयको अनुगमनपछि पार्टीको मिसन ग्रासरुट कार्यक्रमको उद्घाटन गर्नुहुनेछ ।

सुदूरपश्चिम प्रदेशमा पनि आजबाट ‘मिसन ग्रासरुट’ सुरु हुँदैछ । सुदूरपश्चिममा उपाध्यक्ष पौडेललाई अनुगमन र सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टलाई फिल्ड कमान्डर तोकिएको छ ।

आज धनगढीमा सुरु हुने अभियानमा एमालेका केन्द्रीय सदस्य, केन्द्रीय निकायका सबै प्रदेश सचिवालय जिल्लाका पदाधिकारी र जनसङ्गठनका प्रदेश अध्यक्ष र इन्चार्जको उपस्थिति रहनेछ ।

केन्द्रीय नेताबाट प्रशिक्षित भएपछि यहाँ प्रशिक्षण दिएका नेताहरूले यहाँका सबै पालिकामा सो अभियान सुरु गर्नेछन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै पार्टी मुख्यालय च्यासलबाट सात प्रदेश र गैरभूगोलका विशेष प्रदेशमा आयोजना हुने अभिमुखीकरण कार्यक्रमलाई भर्चुअलमाध्यमबाट सम्बोधन गरी देशभर पार्टी सुदृढीकरण अभियान शुभारम्भ गर्नुहुने छ । अध्यक्ष ओली समग्र अभियानको संयोजक हुनुहुन्छ ।

पार्टीका पोलिटव्यूरो र केन्द्रीय कमिटी सदस्यहरूलाई अभियानको केन्द्रीय प्रतिनिधिका रूपमा पालिका तहमा दुईमहिनाको जिम्मेवारी दिएर अभियान सञ्चालन गर्न लागिएको छ भने उपाध्यक्षदेखि स्थायी कमिटीसम्मका नेताहरूको टिमले अभियानको अनुगमन र संयोजन गर्नेछन् ।