• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

मकवानपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु



(सांकेतिक तस्बिर)

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ रामडाडाँमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको ना ५ ख ३५५७ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको गा १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यू भएको प्रहरीले बताएको छ ।

मकवानपुर प्रहरी प्रवक्ता डीएसपी टेक बहादुर कार्कीको अनुसार कास्की जिल्ला निर्मल पोखरी–२ बस्ने ३८ वर्षीया स्कुटर चालक निर्मला परियारको मृत्यू भएको हो ।

ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको बताईएको छ।