६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवा भन्सारका अधिकृत केसी बिरूद्ध २ करोड बढीको भ्रष्टाचार मुद्दा दायर



अ+ अ-

काठमाडौंः रसुवा भन्सार कार्यालयका तत्कालीन भन्सार अधिकृत दानबहादुर केसीले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले निज केसीले आफू सरकारी सेवामा रहँदा गरेको आम्दानी भन्दा बढी खर्च भएको र त्यसको वैधानिक स्रोत पुष्टी हुन नसकेको जनाएको छ । अनुसन्धानमा केसीले २०४३ सालदेखि २०७८ सम्मको जागिरको अवधिमा कूल रु. ३ करोड ५१ लाख १६ हजार आम्दानी गरेका भएपनि रु. ५ करोड ६१ लाख २६ हजार खर्च भएको देखिएको थियो ।

आयोगले निज केसीले पुष्टी हुन नसकेको रु. २ करोड १० लाख १० हजार बढी गैरकानुनी रुपमा आर्जन भएको र त्यसको आय पुष्टी हुन नसकेको जनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रचलित कानूनबमोजिम सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको पनि आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताउनु भएको छ ।

आयोगले अधिकृत केसीले जाँच अवधिमा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति निजको नाममा रहेको बैङ्कमा मौज्दात रकम र श्रीमती सुसिला पण्डितको नाममा हाल कायम रहेको आंशिक श्रोत नपुगेको हिस्साको र जाँच अवधि पछि खरिद गरेका सम्पत्तिबाट समेत साविक भ्रष्टाचार निवारण ऐन बमोजिम जफत र असुल उपर गर्न मागदाबी गरेको छ ।