४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–ब्राजिल चेम्बर अफ कमर्सका प्रतिनिधिहरु ब्राजिलको भ्रमणमा



अ+ अ-

काठमाडौँ । नेपाल–ब्राजिल चेम्बर अफ कमर्सका अध्यक्ष अखिलकुमार चापागाईंको नेतृत्वमा उद्योगी तथा उद्यमीहरुको १९ सदस्यीय एक प्रतिनिधिमण्डल बिहीबार ब्राजिलतर्फ प्रस्थान गर्दैछ ।

एक विशेष समारोहको आयोजना गरी नेपालका लागि ब्राजिलका राजदूत कार्लोस डेन हार्टोग तथा उपप्रमुख जोसे मारियाले सम्पूर्ण टोलीलाई विदाई गर्नुभएको थियो ।

भ्रमण टोलीमा नेपालका व्यापारी प्रतिनिधिहरू विजयप्रकाश गुप्ता, विनय थापा, जयराम अर्याल, जीवन भट्टराई, कुलप्रसाद चापागाईँ, लवराम दाहाल, माधव गिरी, प्रभु शमशेर जेबी राणा, राकेशकुमार श्रेष्ठ, सञ्जीव रेग्मी, शैलेन्द्र बिसी बुढा, शिवहरि दङ्गाल, सुधीर कुमार शर्मा, सुशील कडरिया, विजय कुमार चौधरी, निर्मल राज पौडेलको सहभागिता रहेको छ ।

यही फागुन १२ गतेसम्म भ्रमणमा रहने उक्त प्रतिनिधिमण्डलले नेपाल र ब्राजिलबीचको व्यापारिक सम्बन्धलाई अझै उचाईमा पुर्याउनका लागि ब्राजिलका सहर साओ पाउलो र रियो दे जेनेरियोको भ्रमण गर्ने नेपाल–ब्राजिल चेम्बर अफ कमर्सले एक विज्ञप्ति गरी जनाएको छ ।

भ्रमणमा ब्राजिलका व्यापारिक प्रतिनिधिहरू र ब्राजिलियन एसोसिएसन अफ होटेल इन्डस्ट्रिजका उद्यमीहरूसँग हुने भेटबाट नेपाल र ब्राजिलबीचको व्यापार अवसरहरू खोज्न सहयोग पुग्ने बताइएको छ ।

नेपाल–ब्राजिल चेम्बर अफ कमर्स नेपाल र ब्राजिलबीचको व्यापार, लगानी र सहकार्यलाई प्रवर्द्धन गर्न स्थापना गरिएको गैर–लाभकारी संस्था भन्दै विज्ञप्तिमा प्रतिनिधिमण्डल नेपालबाट ब्राजिलको तेस्रो भ्रमण हुने र यसले दुवै देशका लागि नयाँ व्यापारिक अवसर सिर्जना हुने अपेक्षा गरिएको जनाइएको छ ।