१४ श्रावण २०८३, बिहीबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–ब्राजिल चेम्बर अफ कमर्सका प्रतिनिधिहरु ब्राजिलको भ्रमणमा



अ+ अ-

काठमाडौँ । नेपाल–ब्राजिल चेम्बर अफ कमर्सका अध्यक्ष अखिलकुमार चापागाईंको नेतृत्वमा उद्योगी तथा उद्यमीहरुको १९ सदस्यीय एक प्रतिनिधिमण्डल बिहीबार ब्राजिलतर्फ प्रस्थान गर्दैछ ।

एक विशेष समारोहको आयोजना गरी नेपालका लागि ब्राजिलका राजदूत कार्लोस डेन हार्टोग तथा उपप्रमुख जोसे मारियाले सम्पूर्ण टोलीलाई विदाई गर्नुभएको थियो ।

भ्रमण टोलीमा नेपालका व्यापारी प्रतिनिधिहरू विजयप्रकाश गुप्ता, विनय थापा, जयराम अर्याल, जीवन भट्टराई, कुलप्रसाद चापागाईँ, लवराम दाहाल, माधव गिरी, प्रभु शमशेर जेबी राणा, राकेशकुमार श्रेष्ठ, सञ्जीव रेग्मी, शैलेन्द्र बिसी बुढा, शिवहरि दङ्गाल, सुधीर कुमार शर्मा, सुशील कडरिया, विजय कुमार चौधरी, निर्मल राज पौडेलको सहभागिता रहेको छ ।

यही फागुन १२ गतेसम्म भ्रमणमा रहने उक्त प्रतिनिधिमण्डलले नेपाल र ब्राजिलबीचको व्यापारिक सम्बन्धलाई अझै उचाईमा पुर्याउनका लागि ब्राजिलका सहर साओ पाउलो र रियो दे जेनेरियोको भ्रमण गर्ने नेपाल–ब्राजिल चेम्बर अफ कमर्सले एक विज्ञप्ति गरी जनाएको छ ।

भ्रमणमा ब्राजिलका व्यापारिक प्रतिनिधिहरू र ब्राजिलियन एसोसिएसन अफ होटेल इन्डस्ट्रिजका उद्यमीहरूसँग हुने भेटबाट नेपाल र ब्राजिलबीचको व्यापार अवसरहरू खोज्न सहयोग पुग्ने बताइएको छ ।

नेपाल–ब्राजिल चेम्बर अफ कमर्स नेपाल र ब्राजिलबीचको व्यापार, लगानी र सहकार्यलाई प्रवर्द्धन गर्न स्थापना गरिएको गैर–लाभकारी संस्था भन्दै विज्ञप्तिमा प्रतिनिधिमण्डल नेपालबाट ब्राजिलको तेस्रो भ्रमण हुने र यसले दुवै देशका लागि नयाँ व्यापारिक अवसर सिर्जना हुने अपेक्षा गरिएको जनाइएको छ ।