२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनी गर्ने पन्ध्र पक्राउ

लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनी गर्ने पन्ध्र पक्राउ
अ अ+ अ-

काठमाडौं । नेपाल प्रहरीले फागुन १ गते सोमबार नयाँ बसपार्कमा सञ्चालित लोत्से मल तोडफोड तथा चोरी र प्रहरीको गाडी आगजनी घटनामा सम्लग्न १५ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मजदुर आन्दोलनको नाममा प्रहरीको गाडी, प्रहरी पोष्टमा आगजनी र लोत्से मलमा तोडफोड गर्ने १५ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउपर्नेमा काभ्रेका १९ वर्षीय सुरज मगर, उदयपुरका ३० वर्षीय रितेश बस्नेत, मोरङका ३० वर्षीय यमन राई, नुवाकोटका १८ वर्षीय सुनिल कालीकोटे, २२ वर्षीय रोमन नगरकोटी, १८ वर्षीय सुदीप तामाङ, ३३ वर्षीय माधव शाही र १९ वर्षीय केशर राई रहेका छन् ।

सिन्धुलीका १८ वर्षीय इन्द्र तामाङ, धादिङ २६ वर्षीय इलाराज गुरुङ, उदयपुरका २७ वर्षीय राजन राउत, काभ्रेका २८ वर्षीय हरिशरण तामाङ, धादिङका १८ वर्षीय विकाश गुरुङ, चितवनका २७ वर्षीय संविधान परियार र काठमाडौँका १९ वर्षीय कविन खड्गी रहेका छन् ।

कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले आगजनी तथा तोडफोड गर्नेमा विद्यार्थी, ड्राईभर, सहचालक रहेको जानकारी दिनुभयो । गत सोमबार यातायात मजदुरले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै आन्दोलन गरेका थिए । आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीले प्रहरी वृत्त बालाजुको दुईवटा गाडी र अस्थायी प्रहरी बिट जलाएका थिए भने नयाँ बसपार्कस्थित लोेत्से मल तोडफोड गर्नुका साथै त्यसभित्र पसेर मोबाइल लुटपाट गरेका थिए । पक्राउ परेकामाथि चोरी तथा डाँकामुद्दामा अनुसन्धान भइरहेको प्रवक्ता राठौरले बताउनुभयो । यसअघि बुधबार मात्रै प्रहरीले १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । रासस