२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित

बालाजु, लोत्से मलमा आगजनी, तोडफोड र लुटपाट गर्ने मुख्य व्यक्तिहरू पक्राउ

बालाजु, लोत्से मलमा आगजनी, तोडफोड र लुटपाट गर्ने  मुख्य व्यक्तिहरू पक्राउ
अ अ+ अ-

काठमाडौँ । यही फागुन १ गते काठमाडौँको बालाजुस्थित नयाँबसपार्कको लोत्से मलमा आगजनी, तोडफोड र लुटपाट गर्ने मुख्य व्यक्तिहरुलाई पक्राउ गरिएको छ ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका–१६ माछापोखरी चोकस्थित नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका यातायात व्यवसायीहरुले ट्राफिक कारवाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको विरोध प्रदर्शनका क्रममा भएको उक्त घटनाका मुख्य व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।

विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले प्रहरी भ्यान, प्रहरी विट, ट्राफिक आईल्याण्ड तोडफोड तथा आगजनी गरेको र ल्होत्से मलमा तोडफोड गरी भित्र प्रवेश गरी मोवाईल पसलमा लुटपाट समेत भएको थियो ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनामा संलग्नलाई फागुन ३ गते काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी आपराधिक उपद्रव गर्न नहुने कसूर र चोरीसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धान तथा कारवाहिको लागि बिहीबार प्रहरी वृत्त, बालाजु र महाराजगञ्ज पठाइएको जानकारी दिएको छ ।