५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्यास सिलिण्डर बिस्फोटबाट कांग्रेस नेता चन्द्र भण्डारी र उहाँकी आमा घाइते



अ+ अ-

काठमाडौँ । खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा चन्द्र भण्डारी र उहाँकी आमा घाइते हुनु भएको छ ।

बुद्धनगरस्थित निवासमा बुधबार राति करिब १० बजेतिर ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उहाँकी आमा घाइते भएको भण्डारीको सचिवालयले जानकारी दिएको छ ।

भण्डारीको शरीरको २५ प्रतिशत भाग र आमाको ७० प्रतिशतभन्दा धेरै भाग जलेको बताइएको छ । उहाँहरुको कीर्तिपुरमा रहेको बर्न अस्‍पतालमा उपचार भइरहेको छ ।