६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

धौवादी फलाम कारखाना सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

धौवादी फलाम कारखाना सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिन वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह
अ+ अ-

नवलपुर । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले धौवादी फलाम खानीबाट व्यवसायिक रुपमा फलाम उत्पादनको सम्भावना भएपनि लामो समयदेखि काम अघि बढ्न नसकेको बताउँदै यसको जिम्मा निजीक्षेत्रलाई दिन आग्रह गर्नुभएको छ।

बुधबारदेखि नवलपुरमा सुरुभएको सातौ नवलपुर महोत्सव २०७९ लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले भन्नुभयो, ‘लामो समयसम्म यस फलाम खानीबाट व्यवसायिक रुपमा उत्पादन हुन सकेन । अब बिलम्ब नगरी यसको सञ्चालनको जिम्मा लिई क्षेत्रलाई दिइयोस् । यसलाई सञ्चालन गर्न हामी तयार छौ । हामीले स्थानीय व्यवसायीसँग सहकार्य गरेर वा वैदेशिक लगानी भित्र्याएर यसलाई सञ्चालनमा ल्याउँछौं ।’

उहाँले सरकारले हरेक बजेट तथा कार्यक्रममा यो कारखाना संचालनका कार्यक्रमहरु राख्ने गरेको तर कार्यान्वयन हुन नसकेको कुरालाई औंल्याउँदै निजी क्षेत्रलाई जिम्मा दिन सकेमा तत्काल संचालनमा लैजान सकिने विश्वास समेत व्यक्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका केही सुचकहरु सकारात्मक हुँदै गएको बताउँदै छिट्टै अर्थतन्त्रमा सुधार आउने समेत विश्वास व्यक्त गर्नुभयो ।

“कोभिडको कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै अर्थतन्त्रमा समस्या देखिएको थियो । धेरै उद्योग व्यवसाय बन्द भएका थिए । हामी कहाँ विदेशबाट रेमिट्यान्स भित्रिनेक्रम पनि कम भयो । आयातमा धेरै पैसा बाहिरियो र यसले गर्दा बैंकमा लगानि योग्य पुँजीको अभाव भयो । तर, अहिले विस्तारै सबै कुरा सकारात्मक हुँदै छन् । यसले के भन्न सकिन्छ भने अबको केही समयभित्र अर्थतन्त्रमा सुधार आउछ । अर्थतन्त्र सहज बाटोबाट अगाडि बढ्छ” उहाँले भन्नुभयो ।

नवलपुर जिल्ला कृषि, पर्यटन र औद्योगिक गतिविधिका लागि महत्वपूर्ण रहेको बताउँदै आफू यस क्षेत्रको विकास र समुन्नतिका लागि यहाँका स्थानीय व्यवसायीहरुसँग सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो ।

“यो जिल्ला भारतसँग सिमाना जोडिएको र धेरै क्षेत्रमा सम्भावना भएको क्षेत्र हो । आउनुस, तपाई हामी व्यावसायिक गतिविधिमा सहकार्य गरेर अगाडि बढौ । यहाँका व्यवसायी साथीहरुले कुनै प्रस्ताव ल्याउनुभयो भने त्यसमा म व्यक्तिगतरुपमा सहकार्य गर्न तयार छु,” उहाँले भन्नुभयो ।

आफू एउटा बैंकर भएको नाताले हरेक ठाउँमा जाँदा व्यवसायीहरुले बैंकसँग सम्बन्धित प्रश्नहरु उठाउने गरेको बताउँदै उहाँले निक्षेपको व्याजदर बढ्दा कर्जाको व्याजदर पनि स्वतः बढेको बताउनुभयो ।

“कोभिड महामारीका कारण विश्व अर्थतन्त्र मै समस्या देखिएको छ । बैंकिङ्ग क्षेत्रमा लामो समयदेखि लगानी योग्य पुँजीको अभाव रह्यो । दुई तीन प्रतिशतको हाराहारीमा रहेको निक्षेपको व्याजदर ८र१० प्रतिशतमा पुगेको छ । यसले नै बैंकको लागत बढाई कर्जाको व्याज बढाएको हो । तर यसमा पनि क्रमश सुधार हुँदैछ । महासंघको तर्फबाट हामीले गरेको निरन्तर पैरवीका कारण नियामक निकायबाट केही विषयहरु सम्बोधन भएका छन्,” उहाँले भन्नुभयो ।