१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

भारतको कर्मचारी आउँदा किन लम्पसार परेको ? – चित्रबहादुर केसी

भारतको कर्मचारी आउँदा किन लम्पसार परेको ? – चित्रबहादुर केसी
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले देश सानो ठूलो भए पनि सार्वभौमसत्ताको हिसाबले नेपाल भारत बराबर रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको बुधबार जारी बैठकमा उहाँले तर भारतका कर्मचारी नेपाल आउँदा उच्च राजनीतिक तहको भेटघाट हुन अशोभनीय रहेको बताउनुभयो ।

अध्यक्ष केसीले भारतीय विदेश सचिव विनयमोहन क्वात्राले नेपालको भ्रमण गर्दा उच्च राजनीतिक तहबाट भएको भेटलाई अशोभनीय रहेको बताउनुभएको हो ।

नेपालबाट पूर्वप्रधानमन्त्रीहरु अथवा जिम्मेबार मन्त्रीहरु भारत जाँदा भारतीय शासकहरुलाई भेट्नै नसक्ने र निराश भएर फर्किनुपर्छ भन्दै उहाँले भन्नुभयो, “तर छिमेकका कर्मचारी आउँदाखेरि राष्ट्रप्रमुख, सरकार प्रमुख, विभिन्न तहका मानिस, आफूलाई असाध्य जान्ने सुन्ने ठान्ने, देशका स्वाभिमानको पक्षमा मुन्टो हल्लाउँदै हिँड्नेले किन यसरी विदेशीहरुका अगाडि लम्पसार परिरहेका छन् ? यो राष्ट्रिय स्वाभिमानका विषयमा उहाँहरुलाई लाज लाग्दैन ?” नेताहरुमा शक्ति राष्ट्रको आशिर्वाद लिने र आफ्नो दुनो सोझ्याउने प्रवृत्ति देखिएको उहाँको भनाइ थियो ।

उहाँका अनुसार विदेशी शक्ति राष्ट्रको मान्छे आउँदा लम्पसार परेर उनीहरुको आशिर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहँदा राष्ट्रको स्वाभिमान, राष्ट्रको इज्जत, सार्वभौमसत्तामाथि खलल पार्ने काम भएको छ । विदेशीहरको नेपाल भ्रमण राष्ट्रपति निर्वाचनलाई लक्षित रहेको भन्दै उहाँले पहिले शक्ति राष्ट्रहरुको हस्तक्षेप अप्रत्यक्षरुपले हुने भए पनि अहिले त प्रत्यक्ष नै देखिएको बताउनुभयो ।