१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

बालाजु क्षेत्रमा भएको घटनाको दोषीलाई कारबाही गर्न प्रकाशशरण महतको माग(भिडियोसहित)

बालाजु क्षेत्रमा भएको घटनाको दोषीलाई कारबाही गर्न प्रकाशशरण महतको माग(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महतले बालाजु क्षेत्रमा सोमबार भएको तोडफोड एवं आगजनीमा संलग्न दोषी पहिचान गरी तत्काल कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उहाँले कामठाडौँको मुटुमै सरकारले शान्तिसुरक्षा दिन सक्तैन भने दूरदराजमा बस्ने नागरिकहरुको हालत के हुनसक्छ भनी प्रश्न गर्नुभयो ।

साना व्यवसायीहरुले मोबाइल र अन्य पसल खोलेका बालाजुस्थित नयाँ बसपार्कको लोत्से मलमा दिनदहाडै लुटपाट मच्चिएको तर स्वयं प्रधानमन्त्रीको जिम्मेबारीमा रहेको गृह प्रशासनले शान्ति सुरक्षाको कुनै प्रत्याभूति दिन नसकेको बताउनुभयो ।

बालाजु क्षेत्रमा भएको घटनाका दोषीहरुलाई कारबाही गर्न र यातायात मजदुरहरुको जायज मागलाई सम्बोधन गर्न जरुरी छ भन्दै उहाँले भन्नुभयो, “यसमा मजदुरको नाममा गैरमजदुर प्रवेश गरेको हुनसक्छ । विभिन्न शक्तिको आडमा उच्छ्रिङ्कल समूह संलग्न हुनसक्छ ।”

सांसद महतले यथार्थ र निष्पक्ष ढंगबाट छानबिन गरेर न्याय निरुपण गर्ने जिम्मेबारी सरकारले गरोस् भन्दै अन्यथा यसबाट देशभर नकारात्मक संदेश जाने अराजक प्रवृत्तिहरु विस्तारै फैलिने डर हुने बताउनुभयो ।