• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

करिब २४ केजी चरेससहित चार थाई नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २४ केजी चरेससहित चारजना थाई नागरिक पक्राउ परेका छन् ।

तीन महिला र एक पुरुष थाई नागरिक माघ २८ गते स्वदेश फर्कन लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूको साथबाट २३ केजी ८ सय ग्राम चरेस बरामद गरेको लागुऔषध नियन्त्रण ब्युरोले बताएको छ ।