• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

एमाले सत्ता प्राप्ति र टिकाउनका लागि कतै लाग्दैन: ओली



काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता प्राप्ति र सत्ता टिकाउनका लागि एमाले कतै नलाग्ने बताउनुभएको छ ।

अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले राष्ट्रिय हित र गौरवलाई छोडेर लत्रिएर सत्ता प्राप्ति र सत्ता टिकाउनका लागि एमाले कतै नजाने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियतको साँचो रक्षक नै हो यो ।”

उहाँले एमाले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतिनिधि भएको बताउनुभयो ।