२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

सर्लाही । ईश्वरपुर नगरपालिका-४ सागरनाथ बस्ने ३५ वर्षीय सानु भन्ने कृष्ण बहादुर स्यङबोलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५८ वर्षीय पाल दोर्जे स्याङतानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
 
पुरानो रिसिबीको कारण बादविवाद हुँदा दोर्जेले कृष्ण बहादुरलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फुल्जोर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

घाइते कृष्ण बहादुरको लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।