२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीहरु पक्राउ



अ+ अ-

स्याङजा । विभिन्न मुद्दामा अदालतको फैसलाबाट कैद तथा जरिवाना असुल उपर गर्न बाँकी रही फरार रहेका २० जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी, लागूऔषध, बैदेशिक रोजगार, सवारी ज्यान नाता कायम, करकाप, गालीवेईज्जती लगायतका बिभिन्न मुद्दामा विभिन्न समयमा फैसला भई लुकिछिपि बसेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय स्याङजा तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले असार ७ देखि २२ गतेसम्मको अवधिमा पक्राउ गरेको हो । 

फरार अभियुक्त पक्राउ गर्ने योजना सहित निग्रानी तथा खोजी गर्ने क्रममा २०३९ देखि सवारी ज्यान मुद्दामा फरार रहेका  पुतलीबजार नगरपालिका-६ बस्ने ६५ वर्षीय मोति प्रसाद गुरूङ, २०७० मा जवरजस्ती करणी मुद्दामा ५ वर्ष कैद सजाय भई फरार रहेका अर्जुनचौपारी गाउँपालिका-२ बस्ने ७१ वर्षीय मन बहादुर रोकाहा लगायतका उनीहरुलाई पक्राउ गरिएको हो । 

उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत स्याङजामा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।