• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

अनेरास्ववियुको २३ औं महाधिवेशन सुरु



काठमाडौँ । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आज मंगलबारबाट काठमाडौंमा सुरु भएको छ ।

विधान अनुसार प्रत्येक ३ वर्षमा हुने अनेरास्ववियुको महाधिवेशन यसपटक भने पार्टी एकता र विभाजनका कारण ७ वर्षपछि हुँदैछ । मध्यान्ह १२ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रज्ञा भवनमा उद्घाटन गर्दै महाधिवेशन सुरु हुँदैछ । अनेरास्ववियुको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

एमाले केन्द्रीय सदस्य तथा अखिल इन्चार्ज माधव ढुंगेलका अनुसार अध्यक्षमा सर्वसम्मतिको प्रयास जारी छ । वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालबीच सहमति कायम भएमा अध्यक्षलगायत मुख्य पदमा चुनाव नहुने सम्भावना देखिएको छ । तर अध्यक्षमा सहमतिको सम्भावना नभएकाले अधिकांश पदमा चुनाव हुने सम्भावना छ ।

अनेरास्ववियुको महाधिवेशन उद्घाटनलगत्तै अध्यक्ष मण्डलको घोषणा हुनेछ । जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको नेतृत्वमा गठन हुने अध्यक्ष मण्डलमा इन्चार्ज माधव ढुंगेलसहित उनीपछिका अखिल अध्यक्षहरु किशोरविक्रम मल्ल, नविना लामा, ऐन महरसहित पूर्व इन्चार्जहरु रहने बताइएको छ ।

अध्यक्ष मण्डलले निर्वाचन प्रक्रिया सन्चालनका लागि पार्टीको निर्वाचन आयोगलाई जिम्मा दिएको छ । निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली प्रकाशन गरेर विद्युतीय भोटिङ मेसिनमार्फत चुनाव गराउनेछ । आजै बेलुकासम्म सबै काम सकेर बुधवार दिनभर मनोनयन प्रक्रिया थालिने र सोही साँझ अन्तिम नामावली प्रकाशन गरेर विहीबार मतदान हुने बताइएको छ ।

अनेरास्ववियुको यस महाधिवेशनबाट १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछन् ।