• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

टर्कीमा नेपालले पठायो २२ टन राहत सामग्री



काठमाडौँ । महाविनाशकारी भूकम्पबाट प्रभावित टर्कीका पीडितहरुका लागि नेपाल सरकारले राहत सामग्रीको पहिलो खेप पठाएको छ । सोमबार दिउँसो २२ टनभन्दा बढी राहत सामग्री पठाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राहत सामग्रीमा औषधि, मेडिकल उपकरण, न्याना कपडालगायत अत्यावश्यक सामग्री रहेका छन् । गत सोमबार टर्कीमा शक्तिशाली भूकम्प गएको थियो । भूकम्पमा परी टर्की र सिरियामा गरी करिब ३० हजारको मृत्यु भएको बताइएको छ ।

माघ २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले टर्कीमा अत्यावश्यक राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।