राजमार्ग खुलाउँदै
दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित राजमार्गमा खोलाले ल्याएको गेग्रान हटाउँदै । बुधबार रातिदेखि परेको वर्षाका कारण खोलामा बाढी आउँदा बिहीबार बिहानैदेखि राजमार्ग अवरुद्ध भएको थियो ।
राजमार्गमा खोला
तनहुँको म्याग्दे गाउँपालिका–४ अकलास्थित राजमार्गमा म्याग्दे खोला । बुधबार रातिदेखि परेको वर्षाले खोला बढेपछि राजमार्ग अवरुद्ध भएको छ ।
घरमा खोला
तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुस्थित घरहरुमा बिहीबार बिहान घरमा पसेका खोला । अविरल वर्षासँगै बढेको खोलाहरु घरहरुमा आइपुगेको हो ।