• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

एन्फाले फागुन ४ र ५ मा फुटबल एक्स्पो आयोजना गर्ने



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक फुटबल एक्स्पो आयोजना गर्ने भएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै एन्फाले फुटबल एक्स्पो आयोजना गर्न लागिएको बताएको हो ।

एक्स्पो फागुन ४ र ५ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना हुनेछ । एक्स्पोमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका क्लबहरुले स्टल राखेर आफुसँग सम्बन्धित फुटबलका जर्सी वा कुनैपनि बस्तुहरु बिक्री गर्न पाउने छन् । यस्तै, क्लबहरुले आफुले जितेको ट्रफी प्रदर्शनीमा राख्ने, फुटबलका समर्थकहरुसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन् ।

एक्स्पोमा फुटबलसँग सम्बन्धित अन्तरक्रिया कार्यक्रमसहित विभिन्न व्यवसायिक घराना, सेलिब्रेटी कलाकारहरुलाई पनि समेट्ने एन्फाले जनाएको छ ।